+
+

उछाल्ने होइन, अबको बाटो गम्भीर वार्ताः ओली

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत २५ गते २०:४३

१५ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतबीच नसुझिएका विषयहरु उल्छान्ने नभई गम्भीर वार्ताबाट समाधान गर्दै जाने बताएका छन् ।

भारतको तीन दिने राजकीय भ्रमण पुरा गरी आइतबार साँझ काठमाडौं आइपुगेका प्रधानमन्त्री ओलीले यदि कसैले नबिगारे दुई देशको सम्वन्ध राम्रो हुँदै जाने बताए ।

नेपालले विदेशिक सम्वन्ध मित्रताका आधारमा अघि बढाउन चाहेको, जुन पारस्परिक हित, एकअर्काको सार्वभौमसत्ता, स्वाभिमानको सम्मानका आधारमा हुने भन्दै उनले भारतीय पक्षसँग पनि त्यसरी नै कुरा गरेको बताए । त्यसलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायतका उच्च नेतृत्वले सकारात्मक ढंगले लिएको र स्वागत गरेको प्रधानमन्त्री ओलीले सुनाए ।

धेरै केही भन्नु पर्ला जस्तो मलाई लाग्दैन, तस्वीर आफैं बोल्छ ।कसैले विगारेन भने सँधैका लागि राम्रो हुँदै जान्छ

आफू जनताको अभिमतलाई बोकेर भारत गएको र त्यसलाई स्वागत गरेको उनले बताए । त्यसअनुसार रक्सौल-काठमाडौं रेलवे लगायतका महत्वपूर्ण सहमति हुनुका साथै सीमा विवाद, डुवान लगायतका समस्याबारे गम्भीर कुरा भएको बताए ।

दुई देशबीच मिल्न नसकेका विषयहरु सम्वादमार्फत समाधान गर्न चाहेको भन्दै प्रधानमन्त्री ओलीले भने, ‘तमाम कुरा उठेका छन्, सकारात्मक प्रगति भएको छ । जुन कुरा लिखत रुपमा आएको छ, त्यसलाई यसरी नै अगाडि बढाएका छौं ।’

उनले अघि भने, जुन कुरा लिखितमा आएको छैन, त्यसलाई उछाल्ने होइन, समाधान गर्ने दिशामा गम्भीर वार्तातिर लागेको छौं । अबको बाटो गाम्भीर वार्तातिर ।’

[sam_list] आफू दिल्लीमा हुँदा नै भारतीय पक्षले सहमति कार्यान्वयन थालेको उत्तराखण्ड भ्रमणका क्रममा थाहा पाएको उनले सुनाए । ‘मैले त्यहाँका मुख्यमन्त्रीसँग कुरा गर्न खोज्दा हामीलाई निर्देशन आएको छ भन्नु भएको छ’ उनले भने ।

आफ्नो भारत भ्रमण्मले दुई देशबीच विश्वास अभिबृद्धि हुनुका सम्वन्ध थप सुदृढ भएको ओलीले बताए । साथै समानता र आपसी हितमा नेपाल भारत सम्वन्ध अघि बढ्ने विश्वास लिएको प्रधानमन्त्री ओलीको लिखित वक्तव्यमा उल्लेख छ ।

अब नेपाल भारत सम्वन्ध कस्तो रहला भनने प्रश्नमा उनले भने, ‘तस्वीर आफैं बोल्छ, धेरै केही भन्नु पर्ला जस्तो मलाई लाग्दैन ।’

अघि भने, ‘विगारेन भने सँधैका लागि राम्रो हुँदै जान्छ । अब कसैले विर्गाछ भने त के लाग्छ र । तर, हामी बिगार्दैनौं, सकारात्मक ढंगले अघि बढ्छौं ।’

प्रधानमन्त्री ओली शुक्रबार भारत भ्रमणमा गएका थिए । उनले भारतीय समकक्षी मोदीसँग दुई पटक भेटवार्ता गरे भने शनिबार १५ बुँदे संयुक्त वक्तव्य आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?