+
+

आउट रिचले फेरि जित्यो अन्तर्राष्ट्रिय विज्ञापन पुरस्कार

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत २८ गते १९:४९

२८ चैत, काठमाडौं । आउटरिच नेपालले सन् २०१८ को लागि भारतको गोवामा आयोजना भएको एडभरटाइजिङ अवार्ड शो GOAFEST 2018 मा ABBY अवार्डको पुरस्कार प्राप्त गर्न सफल भएको छ ।

एजेन्सीले Bronze ABBY अवार्ड जितेको छ । यसभन्दा अघि आउटरिच विभिन्न तीन विधाहरुको अन्तिम चरणमा पुग्न सफल भएकोे थियो ।

GOAFEST भारतको विज्ञापन एजेन्सीहरुको संगठन Advertising Agencies Association of India (AAAI) र The Advertising Club सँग मिलेर हरेक वर्ष आयोजना गर्ने प्रतिष्ठित विज्ञापन महोत्सव हो ।

हरेक वर्ष ३ दिनसम्म चल्ने यो महोत्सवमा यस क्षेत्रमा विज्ञापनको दुनियाँमा भएका उपलब्धिपूर्ण कार्यहरुलाई उत्सवमय रुपमामनाउने गरिन्छ ,जसमा नाम चलेका विज्ञापन एजेन्सीहरुको सहभागीता रहने गर्दछ ।न्इब्ाभ्क्त्मा पेश गरिने विज्ञापनहरुको चयन यस क्षेत्रका विज्ञ हस्तीहरुको निर्णयबाट गर्ने गरिन्छ ।

यो एक यस्तो कार्यक्रम हो, जहाँ भारतका प्रमुख विज्ञापन एजेन्सीहरुका साथै दक्षिण एशियाका चुनिएका विज्ञापन एजेन्सीहरुबीच उत्कृष्ट सिर्जनाका लागि प्रतिस्पर्धा हुने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?