+
+

हाम्रो प्राथमिकता नेपाल-चीन जोड्ने रेल : परराष्ट्रमन्त्री ज्ञवाली

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख ७ गते १२:४५


७ वैशाख, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल र चीन जोड्ने रेल्वे नेपाल सरकारको प्राथमिकतामा रहेको बताएका छन् ।

आफ्नो चीन भ्रमणका क्रममा बेइजिङ्मा गरेका भेटघाटका क्रममा हिमालयन क्षेत्रमा बहुआयामिक यातायात सञ्जाल विस्तार गर्न नेपाल र चीन सहमत भएको पनि उनले बताए ।

सिचुआन विश्वविद्यालय, छङ्दुमा भएको कार्यक्रममा परराष्ट्रमन्त्री ज्ञवालीले बृहत् शान्ति, समृद्धि र सद्भावको ऐतिहासिक लक्ष्यमा चिनसँग सहकार्य गर्न पाउनु नेपालका लागि गर्वको क्षण भएको बताए ।

उनले भने ‘बेल्ट एन्ड रोड इनिसिएटिभ अन्तर्गत प्रस्तावित आयोजनाहरूले हिमालयन क्षेत्रका समृद्ध स्रोतसाधनको सदुपयोग गर्दै त्यहाँका जनताको जीवनस्तर सुधार्ने लक्ष्य राख्नुपर्छ ।’

भूपरिवेष्टित देशका लागि अन्तर्देशीय पूर्वाधार निर्माण अत्यन्त महत्वपूर्ण हुने भन्दै उनले नेपालको विकास प्रयासमा ओबरले योगदान गर्ने अपेक्षा व्यक्त गरे ।

‘साझा समृद्धिका लागि व्यापार र आर्थिक एकीकरणका क्षेत्रमा सहकार्य गर्न नेपाल तयार छ’ उनले भने, ‘यो लक्ष्यका लागि सँगसँगै अगाडि बढ्न हामीले एक समझदारी गरिसकेका छौं र त्यहाँ छिट्टै पुग्छौं भन्ने विश्वास छ ।’

नेपाल र चीनले आफ्नो सहकार्यलाई हिमालयन क्षेत्रमा महत्वपूर्ण पूर्वाधार निर्माण गरी विद्यमान अवरोध हटाएर मानिस, सामग्री तथा सेवाको निर्बाध आवागमन सुनिश्चित गर्नमा केन्दि्रत गर्नुपर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?