+
+

काभ्रेको रयालेमा मात्रै असिनापानीले किसानको ५ करोड क्षति

किसान भन्छन्, कृषि बीमा बारे हामीलाई कसैले सिकाएनन्

रामसुन्दर आचार्य रामसुन्दर आचार्य
२०७५ वैशाख २८ गते १८:२८

२८ वैशाख, काभ्रे । काभ्रेमा बिहीबार परेको असिनापानीले उत्पादन हुँदै गरेको करोडौंको अन्नबालीमा क्षति पुर्‍याएको छ ।

जिल्लाको पनौती १ स्थित रयालेमा मात्रै असिनापानीले ५ करोड भन्दा बढीको उत्पादन हुँदै गरेको अन्नबाली नष्ट पारेको हो ।

बिहीबार साझमा परेको असिनापानीले नगदेबाली, अन्नबालीको सखाप पारेको पनौती १ रयालेका किसान भीमप्रसाद सापकोटाले बताए ।

‘बारीमा लगाएको मकै, आलु र कांक्रो, खुर्सानी असिनाले चुटेर बिधङ्स् गर्‍यो, खेतबारी भरी असिना रहेपछि पानी ओइरिएर हेर्न नसक्ने बनायो,’ भीमप्रसादले भने, ‘अब यो वर्ष हामीलाई भूकम्प आएको वर्षभन्दा पनि संकट पर्ने भयो ।’

साविक रयाले गाविस हाल पनौती १ जिल्लामा मात्रै नभएर देशभर स्वच्छ तरकारी उत्पादन गर्ने कृषकहरुको स्थानसमेत हो । स्थानीय वेदप्रसाद सापकोटाले भने, ‘बिहीबारको असिना पानीले ४ सय परिवारको ५ करोड भन्दा बढीको उत्पादनमा घाटा पर्‍यो, अब किसानहरुले चित्त बुझाउने बाटो छैन् ।’

बीमा बारे थाहा नहुँदा समस्या

अन्नबाली र तरकारीको बीमा हुन्छ भन्ने जानकारी नहुँदा समस्यामा परिएको रयालेका किसानहरुले गुनासो गरेका छन् ।

‘गाइभैसीको मात्रै बीमा हुन्छ भन्ने थाहा थियो, तर हामीले बारीमा लगाउने तरकारी फुलफूल र अन्नको पनि बीमा हुन्छ भन्ने थाहा थिएन्, समस्या परेपछि धेरैका धेरै कुरा आए, तर अब के गर्नु भएको सबै सखाप भै गयो ।’ रयालेकी किसान गोमा सापकोटाले भनिन्, ‘हामीले यति धेरै लगानी गरेका छौ, बीमा हुन्छ भन्ने थाहा पाएको भएत् बीमासम्म गरिन्थ्यो नि ।’

बिहीबारको असिनापानीले नगदेवाली, काक्रोको बेर्ना, खुर्सानी, सिमी, आलु, टमटर र सुन्तलाको चिचिला सबैको नाश गरेको हो ।

‘मकैको बालीमा समेत पानीको भेल र असिनाले सखाप पारेको छ ।’ रयाले रानीकोटका वीरमान लामाले भने, ‘अब गर्नुकी मर्न भएको छ, कस्तो संकट आइलाग्यो ।’

अर्का किसान पनौती नगरपालिकाका प्रमुख भीम न्यौपानेले भने, ‘अन्नबालीमा ठूलो क्षति भएको छ, हामीले किसानलाई कुनै राहातको व्यवस्थापनको बारे सोचेका छौ ।’

काभ्रेका किसानहरुले तरकारी बिक्रीबाट मात्रै वार्षिक ४ अर्व भन्दा बढी आम्दानी गर्दछन् । काभ्रे जिल्लामा ९ हजार ६०२ हेक्टर क्षेत्रफल जमिनमा वार्षिक १ लाख ६२ हजार ७ सय ५२ मेक्टि्रकटन तरकारी उत्पादन हुन्छ । जसमध्ये दैनिक १ करोड १० लाख बराबरको तरकारी बिक्रीका लागि बजार जान्छ ।

किसानले प्रतिहेक्टरमा झन्डै १७ प्रतिशत तरकारी फलाउँछन् । काभ्रेको तरकारी ८ प्रतिशत मात्र जिल्लामा खपत हुन्छ । बाँकी ९२ प्रतिशत तरकारी राजधानीदेखि भारतसम्म निर्यात हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?