Comments Add Comment

साउदीमा मृत्युदण्डको सजाय पाएका उमेशलार्इ बचाउन मलेसियाबाट करिब २ लाख सहयोग

१६ मे, साउदी । पाकिस्तानी नागरिक हत्या आरोपमा साउदीमा मृत्युदण्डको सजाय पाएर जेल जीवन बिताइरहेका उमेश यादवको उन्मुक्तिका लागि मलेसियाको बातुपहाठ क्षेत्रमा कार्यरत नेपालीहरुले आर्थिक सहयोग गरेका छन् ।

मलेसियाको बातुपाहाड रहेका रामाट्याक्स, ओरेन्ट र बार्निङ कम्पनीमा कार्यरत श्रमिकहरुले उमेश यादव बचाउ अभियानको लागि एक लाख ७७ हजार २५८ रुपैयाँ संकलन गरी नेपाल पठाएका हुन् ।

वैदेशिक रोजगारीको लागि साउदीअरब गएका उमेश यादव चार वर्ष अगाडि एक पाकिस्तानी नागरिकको हत्या आरोपमा मृत्युदण्ड सजाय खेपिरहेका छन् ।

सजाय जुनसुकै बेला कार्यान्वयन हुन सक्ने अवस्थामा मृतकको परिवारले ब्लड मनी नेपाली रुपैयाँ तीस लाख रकम जुटाइदिन अपील गरेका छन् ।

उक्त रकम समय सीमासम्म बुझाएको खण्डमा मात्र उनलाई बचाउन सकिने नेपाली दूतावासले जानकारी दिएपछि ब्लण्ड मनिको लागि सहयोग रकम संकलन गर्न थालिएको थियो ।

नेपालमा खोलिएको ग्रोभिङ फाउन्डेसनको प्रभु बैंकको खातामा रकम संकलन गरिएको राम उमेश यादव बचाउ अभियानका अभियन्ता संजयकुमार महतोले जानकारी दिए ।

‘हामीले गरेको सानो सहयोगले यादवले नयाँ जीवन पाउनेमा हामी आशावादी छौं र सबै सहयोगी हातहरुलाई धन्यवाद दिँदै सबै मिलेर सहयोग गर्न पनि सबैमा आग्रह गरेका छौं ।’ महतोले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment