Comments Add Comment

ट्रम्पसँगको शिखर वार्तामा पुनर्विचार गर्ने उत्तर कोरियाको चेतावनी

२ जेठ, काठमाडौं । उत्तर कोरियाले आफ्ना नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच आगामी महिना हुने भनिएको शिखर वार्तामा पुनर्विचार गर्न सक्ने चेतावनी दिएको छ ।

उसले वासिंटनले आणविक हतियार छाड्न एकतर्फी दबाब दिन्छ भने उक्त वार्तामा पुनर्विचार गर्न सकिने चेतावनी दिएको हो । ‘यदि अमेरिकाले आफूहहरुलाई एकतर्फी रुपमा आणविक हतियार नियन्त्रण गर्न दबाब दिन्छ भने त्यस्ता वार्तामा हाम्रो रुची छैन र हामी हाल प्रक्रियामा रहेको शिखर वार्तामा पुनर्विचार गर्नेछौं’ उत्तर कोरियाली   उपविदेशमन्त्री किम के ग्वानले भनेका छन् ।

उत्तर कोरियाली नेता किम र अमेरिकी राष्ट्रपति ट्रम्पबीचको शिखर वार्ता जुन १२ मा सिंगापुरमा गर्ने तय भएको थियो । तर उत्तर कोरियाका उपविदेशमन्त्रीले कडा विज्ञप्ति दिँदै अमेरिकाको गलत मनसाय देखिएको बताएका छन् । उनले अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनमाथि प्रश्न उठाएका छन् । बोल्टनले उत्तर कोरियाले तत्काल आणविक भट्टीहरु तत्काल बन्द गर्नुपर्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment