+
+

जनार्दन शर्माले भने : नेता थुपार्न र पद बाँड्न पार्टी एकता भएको होइन

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ ६ गते १७:१३

काठमाडौं, ६ जेठ । नेपाल कम्युनिष्ट पार्टीका नेता जनार्दन शर्माले नेताहरुको व्यवस्थापनकै लागि सचिवालय सदस्य नबढाउने बताएका छन् । उनले सोमबारसम्म पार्टीको स्थायी कमिटी सदस्य र केन्द्रीय सदस्यहरुको टुंगो लाग्ने दावी गरे ।

आइतबार रिपोर्टर्स क्लबको साक्षात्कारमा उनले भने, ‘हामीले केन्द्रीय सदस्यहरु टुंगो लगाइसकेका छौं, खाली सेटिङमा राख्नमात्रै बाँकी छ, स्थायी समिति सदस्यहरु पनि हामीले लगभग टुंगो लगाएका छौं, भोलिसम्म केन्द्रीय सदस्यहरुको टुंगो लाग्छ ।’

नेता शर्माले एमाले-माओवादी एकतापछि बनेको नेकपाको वर्तमान सचिवालय सदस्य संख्या नै काफी रहेको जिकिर गरे । उनले भने, ‘सचिवालय सदस्य ९ जना नै काफी छ, अब संख्यामा तलमाथि हुँदैन, त्यो संख्या बढाउन आवश्यक छैन ।’ आफूलाई सचिवालयमा परेको वा नपरेको भन्नेमा कुनै चिन्ता समेत नरहेको उनले बताए ।

शर्माले पार्टीमा नेता थुपार्न र पद वितरण गर्नलाई एकता नभएको दावी गरे । उनले भने, ‘मुलुकको समृद्धि र आर्थिक रुपान्तरणका लागि एकता भएको हो, त्यसको अनुभूति जनताले चाँडै गर्न पाउँछन्, हाम्रो ध्यान त्यसमै केन्द्रित छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?