Comments Add Comment

‘ए मेरो हजुर ३’मा अनमोल फाइनल, सुहानीसँग रोमान्स गर्दै

चलचित्र ‘क्याप्टेन’को छायांकनमा व्यस्त नायक अनमोल केसीले नयाँ चलचित्र साइन गरेका छन् । नायिका झरना थापाले निर्देशन गर्न लागेको दोश्रो चलचित्र ‘ए मेरो हजुर ३’मा अनमोलले काम गर्ने पक्का भएको छ । आजमात्र यसको निर्माणपक्षले अनमोलसँग लिखित संझौता गरेको हो ।

अनलाइनखबरले शुक्रबार अनमोलले यो चलचित्रमा काम गर्ने तयारी गरेको खबर प्रकाशन गरेको थियो । त्यसको भोलीपल्टै अनमोलले चलचित्रमा काम गर्ने पक्का भएको हो । चलचित्र ‘ए मेरो हजुर २’ हिट भएपछि झरना र निर्माता सुनिलकुमार थापाले यसको तेश्रो सिक्वेल बनाउने तयारी गरेका थिए । तर, नायक र नायिकाको बिषयमा लामो समयदेखि कन्फ्यूजन थियो ।

अनमोलसँग केही समयदेखि छलफल चलिरहेको थियो । अनमोलले चलचित्र ‘ए मेरो हजुर २’मा काम गर्ने बताइएपनि पछि त्यो सफल हुन सकेन । यसपछि, झरना र अनमोलविच सम्बन्ध चिसिएको पनि थियो । यो चलचित्रमा नायिकाको रुपमा सुहानी थापाले काम गर्दैछिन् । सुहानी नायिका झरना थापाकी छोरी हुन् । जसले, चलचित्रमा डेब्यूका लागि उपयुक्त समय पर्खिरहेकी थिइन् । उनै, सुहानीले अब अनमोलको जोडीको रुपमा होम प्रोडक्शनको चलचित्रमा काम गर्नेछिन् ।

अनमोल र सुहानीले चलचित्र ‘ए मेरो हजुर २’मा काम गर्ने घोषणा झरनाले गरेकी थिइन् । तर, पछि कुरा नमिलेपछि नायक सलिनमान बनियाँ र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले चलचित्रमा काम गरेका थिए । गतबर्ष रिलिज भएको यो चलचित्र बम्पर हिट भएको थियो ।

चलचित्रलाई संजय लामाले खिच्नेछन् । भदौबाट चलचित्रको छायांकन सुरु हुने निर्देशक थापाले जानकारी दिइन् । चलचित्रको अहिले संगीत तयार पार्ने काम पनि भैरहेको छ । लभस्टोरी कथामा बन्ने चलचित्रमा नायक अनमोल केसीले काम गर्ने भएसँगै दर्शकमा उत्साह पक्कै हुनेछ । चलचित्र क्षेत्रमै लामो समय बिताएका नायक भूवन केसीका छोरा अनमोल केसी र नायिका झरना थापाकी छोरी सुहानी थापाको जोडीले चलचित्र क्षेत्रमा चर्चा पाउने पक्का छ ।

‘ए मेरो हजुर ३’ मा झरनाकी छोरीसित अनमोलको जोडी कति सम्भव ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment