Comments Add Comment

बिहेका लागि २५ युवकको बायोडाटा हेर्दै मुन्नी गर्ल


सन् २०१५ मा पाकिस्तानबाट भारत फर्किएकी मुन्नी गर्ल अर्थात् गीता नामकी युवतीको परिवारको अझैसम्म पत्ता लागेको छैन । तर उनको बिहे हुनेवाला छ । भारतको केन्द्र सरकारले नै ती युवतीको बिहे गराइदिने प्रयास गरिरहेको छ ।

उनको बिहेका लागि एक गैरसरकारी संस्थाले फेसबुकमा बिहेको विज्ञापन नै प्रकाशित गर्यो । त्यसपछि गीतासँग विहे गर्न झण्डै ५० जना पुरुषहरुले इच्छा व्यक्त गरेका छन् ।

विदेश मन्त्रालयले ती मध्ये २५ जना पुरुषलाई छनोट गर्दै ती युवकहरुलाई गीताको इच्छा बमोजिम भेटघाट गराउन जिल्ला प्रशासनलाई निर्देशन दिएको छ । ती २५ मध्येबाट गीताले आफ्नो मनपर्ने जीवनसाथी छान्नेछिन् ।

ती २५ जना युवकको बायोडाटा र तस्वीर सुरुमा गीतालाई देखाइनेछ । त्यसपछि जो–जोसँग उनले प्रत्यक्ष भेट्न चाहन्छिन् उनीहरुसँग गीतालाई भेटाइनेछ ।

गीता बोल्न सक्दिनन् र उनले सुन्न पनि सक्दिनन् । तथापि, आफ्नो जीवनसाथी छान्ने फैसला गीता आफैंले गर्नेछिन् । स्मरणरहोस्, गीताका लागि २५ वर्षमाथिको उनीजस्तै शारीरिक अवस्था रहेको वरको खोजी गर्दै विज्ञापन गरिएको थियो ।

गीतालाई बिहे गर्न मन गर्दै दरखास्त हाल्नेमा मन्दिरका पुजारी तथा लेखकसमेत रहेका छन् ।

भारतको मध्यप्रदेश सरकारको सामाजिक न्याय तथा अशक्त कल्याण विभागको रेखदेखमा उनी इन्दोरस्थित एक अपांग संगठनको आवासीय परिसरमा गीता बस्दै आएकी छिन् । उनका मातापिताको खोजी भैरहेको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment