+
+

‘रेश ३’को ट्रोलबारे यसो भन्छन् सलमान

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ १५ गते ११:३०


नायक सलमान खानले संचालन गर्ने टेलिभिजन रियालिटी शो ‘दश का दम’ प्रशारणको क्रममा छ । सोनी टेलिभिजनबाट प्रशारण हुने यो शोमा सलमानले विभिन्न व्यक्तिसँग खेल खेल्नेछन् ।

यो शोको बारेमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा पत्रकारले सलमानलाई ‘रेश ३’लाई लिएर भैरहेको ट्रोलको बिषयमा सोधेका थिए । सलमानले यो बिषयमा भने-‘मलाई यस्तो ट्रोलको बिषयमा कुनै पनि शब्द भन्नु छैन । २-३ जना फलोअर्स भएका व्यक्तिहरुले गर्ने ट्रोल, ट्रोल नै होइन ।’

सलमानका भारतमा लाखौ फ्यान छन् । यसैले पनि उनले केही मानिसहरुले ट्रोल गर्दैमा आफूलाई कुनै असर नपर्ने बताएका हुन् । सलमानले ‘दश का दम र बीग बोस’ले टेलिभिजनको टीआरपीमा नयाँ रेकर्ड राखोस् भन्ने चाहना समेत व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?