+
+

‘प्रेमालय’बाट बाहिरिए निराजन

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ २० गते ११:०६


एक महिना अगाडि घोषणा गरिएको चलचित्र ‘प्रेमालय’ बन्ने या नबन्ने टुंगो छैन । चलचित्रको छायांकन नेपाल र अष्ट्रेलियाबाट गर्ने बताइएपनि अझै यसको छायांकन सुरु भएको छैन ।

चलचित्रको मुख्य भूमिकामा मोडल निराजन प्रधान र नायिका मरिष्का पोख्रेलले काम गर्ने फाइनल भएको थियो । चलचित्रको घोषणा कार्यक्रममा निराजनले आफू यो चलचित्रमा काम गर्न पाउँदा उत्साहित भएको पनि बताएका थिए ।

तर, चलचित्रको छायांकन नै सुरु नभएपछि निराजनले यो चलचित्र छाडेका छन् । यही चलचित्रबाट नै नेपाली चलचित्र क्षेत्रमा प्रवेश गर्न लागेका म्यूजिक भिडियोका सफल मोडल निराजनका लागि पहिलो गासमा ढुंगा लागेको छ ।

कुमार शाहले निर्देशन गर्न लागेको यो चलचित्रको लागि आफूले ८ महिना समय दिएको तर छायांकन नै सुरु हुने छाँटकाट नदेखेपछि छाडेको निराजनले प्रतिक्रिया दिएका छन् ।

अन्य कलाकार भने यथावत् नै छन् । नेपालमा चलचित्रको घोषणा भव्य रुपमा गरिएतापनि छायांकनका लागि पूर्व अभ्यास नपुग्दा यस्ता समस्या उत्पन्न भैरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?