+
+

गोपाल खड्काको राजीनामापछि मन्त्री यादवले भने : अब खुला प्रतिस्पर्धाबाट नियुक्ति

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ २४ गते १३:५३


२४ जेठ, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले नेपाल आयल निगमको कार्यकारी निर्देशकको नियुक्ति खुला प्रतिस्पर्धाबाट गर्ने बताएका छन् ।

भ्रष्टाचारको अभियोग लागेका निगमका कार्यकारी निर्देशक गोपाल खड्काले राजीनामा दिएलगत्तै उहाँले संचारकर्मीमाझ खुला प्रतिष्पर्धाबाट सो पदमा नियुक्त गर्न आफूले चाहेको बताएका हुन् । बिहीबार खड्काले जिम्मेवारी विहीन अवस्थामा आफूलाई राखेको पीडा सहन नसकेको भन्दै निगमको कार्यकारी निर्देशकबाट राजीनामा दिएका थिए ।

मन्त्री यादवले खड्काले पदबाट राजीनामा दिएर नेपाल आयल निगमको कामलाई अघि बढाउन सहज भएको प्रतिक्रिया पनि दिए । उनले निगममा क्षमतावान नेतृत्व ल्याउन पनि खुला प्रतिस्पर्धा गरेर कार्यकारी नियुक्ति प्रक्रिया अघि बढाउने सोचाइमा आफू पुगेको पनि स्पष्ट पारे । मन्त्री यादवले निगममा राजनीतिक नियुक्त हुनै नसक्ने पनि उल्लेख गरे ।

मन्त्री यादवले नेपाल आयल निगमको गिरेको साखलाई माथि उठाउने गरी काम गर्ने प्रतिवद्धता पनि व्यक्त गरे । उनले जनताको सेवा गरेर विगतमा गिरेको छवि माथि उठाउने काममा लागि पर्न पनि आयल निगम व्यवस्थापनलाई सचेत गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?