Comments Add Comment

तपाईं अहिलेसम्म किन अबिबाहित ? कारण यी पनि होलान् नि

जब तपाईंको उमेरले २५ बर्ष पार गर्छ, तपाईंले सबैभन्दा बढी झेल्ने प्रश्न के होला ? सोच्नुहोस् त । कति पढेको छौं ? जागिर के छ ? कति कमाउँछौं ? कसको छोरो ? भविष्यमा के गर्ने बिचार छ ?

यी त साहयक प्रश्न भए । तपाईं अझ बढी घोत्लिनुहोस् त । पक्कैपनि तपाईंले बढी झेलेको प्रश्न हो, ‘किन बिहे नगरेको ?’

अबिबाहितको हकमा यी प्रश्नले सबैभन्दा बढी रिंगाइदिन्छ । यतिबेला तपाईं के जवाफ दिनुहुन्छ ?

भन्नुहोला, ‘बिहे गर्ने उमेर भा, छैन यार ।’ भन्नुहोला, ‘आफ्नो खुट्टामा उभिएपछि गरौंला नि, के हतार गर्नु ।’ भन्नुहोला, ‘मिल्दो जोडी पाएकै छैन, बरु यसो सोधीखोजी गरौं न ।’ भन्नुहोला, ‘पढाई चल्दैछ, करियर बनाएपछि गर्ने हो ।’

यी जावफहरुले त तपाईंलाई उम्कन सजिलो बनाउँछ । तर, तपाईंको मनभित्र पनि कताकता लाग्दो हो, ‘हैट, यत्तिकै बुढो पो भइने हो कि ?’

लर्के जोवनले छोपेपछि

नेपालीमा एउटा भनाई छ, ‘बिहेबारी, बिस बर्षपारी ।’ खासमा बिबाहका लागि शारीरिक तथा मानसिक परिपक्कता हुनुपर्छ भन्ने आशयमा यो भनाई आएको हो । तर, २० बर्ष पार गर्नसाथ हामीलाई सबैभन्दा बढी खेद्ने प्रश्न भनेको ‘अब बिहे गर्ने बेला भएन र ?’ नै हो ।

पूर्विय संस्कारमा पनि बिहेको निश्चित उमेर तय गरिएको छ । विद्या आर्जन गरिसकेपछि, शीप, दक्षता, क्षमता, ज्ञानले परिपूर्ण भइसकेपछिको समय घरगृहस्थीको लागि हो ।

अवस्था के पनि छ भने, निश्चित उमेरमा घरजाम गरिएन भने बुढ्यौलीमा दुख पाइन्छ । आफ्नो उर्जा, जोश, ताकत सबै शिथिल हुँदै गएपछि बिबाह गर्दा धेरै कुरा असन्तुलित हुनपुग्छ । त्यही कारण पनि निश्चित समयभित्र बिबाह गरिसक्नुपर्छ भनिन्छ ।

यावत् कारण पनि २२ वा २५ बर्ष उमेर पार गरिसकेपछि ‘बिबाह कहिले गर्ने ?’ भन्ने प्रश्न सोधिन्छ, जो स्वभाविक हो ।

अबिबाहित किन ?

कतिपय त लभ-रिलेसनमा हुन्छन् । उनीहरु आफ्ना प्रेम सम्बन्धलाई उचित मौका मिलाएर ‘ह्याप्पी इन्डिङ’ गर्ने तरखरमा हुन्छन् । अर्थात बिबाह गर्ने योजनामा हुन्छन् । तर, कतिपयको भने अफेयर नै हुँदैन । न उनीहरुले बिहेको कुनै तयारी नै गरेका हुन्छन् ।

कतिपय त लभ-रिलेसनमा हुन्छन् । उनीहरु आफ्ना प्रेम सम्बन्धलाई उचित मौका मिलाएर ‘ह्याप्पी इन्डिङ’ गर्ने तरखरमा हुन्छन् । अर्थात बिबाह गर्ने योजनामा हुन्छन् । तर, कतिपयको भने अफेयर नै हुँदैन । न उनीहरुले बिहेको कुनै तयारी नै गरेका हुन्छन् । किन यस्तो हुन्छ ?

यदि तपाईंको बिबाह गर्ने उमेर भयो, यद्यपी तपाईं अझै सिंगल नै हुनुहुन्छ भने त्यसको कारण अनेक हुनसक्छ । आखिर तपाईं किन कसैसँग लभ रिलेसनमा रहनुभएन ? किन उमेर पुगेर पनि बिबाहको तयारी थाल्नुभएन ?

तपाईं आफु स्वयम्लाई बढी माया गर्नुहुन्छ

राजेश हमालले उमेर छिप्पिएपछि बिबाह गरे । बिबाह गर्नुअघिसम्म उनले संभवत सबैभन्दा बढी त्यही प्रश्न झेले, जुन हामीले चर्चा गरिरहेका छौं । उनको जवाफ के हुनसक्थ्यो भने, ‘मलाईं अहिले आफ्नैलागि पनि समय छैन ।’

त्यसबेला उनी अति व्यस्त थिए । आफ्नो व्यस्त दैनिकीकाबीच घर, परिवारलाई दिनुपर्ने समय उनीसँग थिएन सायद । बिबाह गरिसकेपछि आफ्नो करियरलाई त्यही गतिमा बढाउन पनि नसकिने, जति सिंगल हुँदा सकिन्छ ।

कहिले काहीँ तपाईं सोच्नुहुन्छ होला कि, तपाईंसँग परिवारलाई दिने समय छैन । यसको अर्थ के भने, तपाईं स्वयम्लाई प्रेम गर्नमा बढी तल्लिन हुनुहुन्छ । तपाईं अरुलाई भन्दा बढी आफैलाई महत्व दिनुहुन्छ । यही मनोविज्ञानले तपाईंलाई अर्को पाटर्नर पाउन वा खोज्न अनुकुलता मिलिरहेको छैन ।

तपाईं सम्झौता गर्न तयार हुनुहुन्न

जब हामी अर्का व्यक्तिसँग आफुलाई एकाकार गर्ने प्रयास गर्छौं, तब हामीले आफुलाई ‘आफ्नो गोरुको बाह्रै टक्का’ भन्न मिल्दैन । धेरै कुरामा सम्झौता गर्नुपर्छ । यदि तपाईं कुनैपनि कुरामा सम्झौता गर्न राजी हुनुहुन्न भने, तपाईंले अर्कासँग सम्बन्ध बनाउन सक्नुहुन्न । खासमा यो तपाईंको इगोभन्दा अरु केही होइन, जसको कारण तपाईं कसैको सहयोग वा एडजस्टका लागि तयार हुनुहुन्न ।

तपाईं अझै अतितमा हुनुहुन्छ

तपाईं अहिलेसम्म सिंगल हुनुमा तपाईंको अतित पनि जिम्मेवार हुनसक्छ कि, जब तपाईं कुनै सम्बन्धबाट भर्खर बाहिर आउनुभएको छ । अर्थात तपाईको ब्रेकअप भएको थियो । त्यही कुराले तपाईंलाई अहिलेपनि सताइरहेको छ । तर, भविष्यको सम्बन्धका लागि तपाईंले अतितको कुरा भुल्नु सर्बोत्तम बिकल्प हो ।

तपाईं सिंगल व्यक्तिबाट प्रभावित

बिबाह गर्नैपर्छ भन्ने केही छैन । बिबाहले नै जीवन पूर्ण हुन्छ भन्ने पनि छैन । समाजमा कति यस्ता व्यक्ति छन्, जो रिलेसनमा छैनन् । बिबाह गरेका छैनन् । यस्ता व्यक्तिहरु पारिवारिक वन्धनबाट उन्मुक्त भएर स्वतन्त्र ढंगले जीवन विताउन चाहन्छन् । तपाईं पनि यीनै व्यक्तिहरुको जीवनशैली, सोंचबाट प्रभावित भएको हुनसक्छ ।

तपाईं महसुष गर्नुहुन्छ कि, सम्बन्धको लागि तयार छैन

उमेरले मात्र पनि सबै कुरा हुँदैन । घर गृहस्थी समहाल्नका लागि आफुसँग आधार पनि चाहिन्छ । त्यस्तो आधार तय नभइसकेको अवस्थामा पनि तपाई अरुसँग सम्बन्धमा रहन चाहनुहुन्न । बिबाह गर्ने हतार गर्नुहुन्न ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment