Comments Add Comment

शरीरले कसरी रोगको संकेत गर्छ ? कुन रोगको लक्षण कस्तो ?

शरीरको रचना अद्भूत छ । शरीरको भाषालाई बुझ्न सकियो भने हामी संभावित थुप्रै किसिमको रोगबाट बच्न सकिन्छ । किनभने शरीरले कुनैपनि रोगको सुरुवाती संकेत गर्छ । त्यसलाई हामीले बुझ्न सक्नुपर्छ ।

रोग अनेक किसिमका हुन्छन् । रोगका संकेत पनि अनेक किसिमकै हुन्छन् । रोगको संकेत पहिल्याएर त्यसको उपचार खोज्नुपर्छ । रोगको सुरुवाती लक्षण नै थाहा पाएर त्यसको उपचार खोज्दा बढी सहज र सार्थक हुन्छ । तर, रोग छिप्पिदै गएको अवस्थामा भने कतिपय झन्झट व्यहोर्नुपर्छ ।

शरीरले कुन रोगको संकेत कसरी गर्छ त ? स्वास्थ्यका यी आधारभूत कुरालाई हामीले बुझ्नैपर्छ ।

मधुमेह

मधुमेह, जसलाई हामी खानदानी रोग पनि भन्छौं । मूलत ऐशआरम खोज्ने, शारीरिक श्रम नगर्ने, मिठो मसिनो खानेहरु मधुमेहको जोखिममा हुन्छन् । मधुमेह हुँदैछ है भन्ने संकेत शरीरले कसरी दिन्छ त ?

-पटक पटक पिसाब लाग्नु

-विना कारण तौल घट्नु तथा बढ्नु

-आँखा धमिलो हुनु

-तिर्खा धेरै लाग्नु

-भोक धेरै लाग्नु

-थकान महसुस हुनु

-घाउ निको हुन समय लाग्नु

-हात दुख्नु तथा सुन्न हुनु

छालाको क्यान्सर

क्यान्सर भन्नसाथ हामी थकर्ममान हुन्छौं । क्यान्सरका विभिन्न प्रकार हुन्छन् । यसले शरीरका छुटाछुटै अंगमा सताउन सक्छ । यसमध्ये छालाको क्यान्सर आम हो । छालाको क्यान्सर भएको संकेत शरीरले कसरी दिन्छ त ?

-चाँदीको रंगको धब्बाको साथमा मोटो रातो छाला

-छाला तथा गर्दन वरिपरि रातो हुनु

-जण्डिस हुनु

-नयाँ कोठी वा मासुको डल्ला देखा पर्नु

-छालाको घाउ बारम्बार आलो हुनु

-छालाको रङ तथा मासुको डल्लोको रङमा परिवर्तित हुनु

जोर्नी सम्बन्धि रोग

बुढ्यौलीमा जोर्नी सम्बन्धी रोगले सताउँछ । त्यसैगरी जाडो याममा पनि जोर्नीको समस्या हुन्छ । जोर्नीको समस्या भएमा शरीरले कसरी संकेत गर्छ त ?

जोर्नी सम्बन्धि समस्या भएमा यी संकेत देखा पर्छ ।

-मांसपेशी निरन्तर दुख्नु

-मांसपेशी झमझमाउनु

-जीउ सुन्निनु, पोल्नु, मांसपेशी वरिपरि रातो हुनु

-हिँड्डुल गर्नमा कठिनाई

फोक्सो सम्बन्धि रोग

अहिले हामी प्रदूषित वायुमण्डलमा सास फेरिरहेका छौं । हामीले फेर्ने हरेक सासमा धुलो, धूँवा, दुर्गन्ध मिसिएका छन् । यसले हामीलाई फोक्सोको रोगी बनाउँदैछ । कसरी थाहा पाउने त फोक्सोको रोग लागेको ?

-खोकीमा रगत देखा पर्नु

-लामो समय खोकी लाग्नु

-सास फेर्नमा कठिनाई हुनु

-सास फुल्नु

-छाती बेस्सरी दुख्नु

-छाती स्वाँ स्वाँ हुनु

-एक महिना भन्दा बढी समयसम्म खकार देखिनु

स्तन सम्बन्धि समस्या

महिलाहरुलाई धेरै सताउने रोग हो, स्तन क्यान्सर । स्तन क्यान्सरको लक्षण सहजै देखिने गरिन्छ । स्तन क्यान्सर मात्र होइन, स्तन सम्बन्धी अन्य रोग पनि सुरुवाती चरणमै पहिल्याउन सकिन्छ ।

-असामान्य रुपमा स्तन कोमल हुन, पिडा हुनु

-निप्पल वा स्तनको छालाको रङ्ग परिवर्तित हुनु

-स्तनको भित्री भाग वा छेउछाउ मोटो हुनु

-काँध मुनीको भाग मोटो हुनु

-निप्पलबाट डिस्चार्ज हुनु

महिलामा प्रजनन स्वास्थ्य सम्बन्धि समस्या

महिलालाई सताउने रोग हो, प्रजनन सम्बन्धी रोग । महिलाहरुको प्रजनन स्वास्थ्य यसैपनि संवेदनशिल हुन्छन् । उनीहरुलाई यसको संक्रमण हुने वा अन्य दीर्घ रोग लाग्ने संभावना अधिक हुन्छ । यद्यपी प्रजनन सम्बन्धी कुनै रोग लाग्दैछ भने त्यसको संकेत शरीरले गर्छ ।

-महिनावारी हुदाँ असहय पिडा हुनु

-यौनाङ्ग चिलाउनु

-पटक पटक पिसाब लाग्नु

-तल्लो पेट दुख्नु

-योनीबाट सेतो पानी बग्नु

-दुईटा महिनावारी बीचको समयमा रगत देखिनु

पाचन तथा पेट सम्बन्धि समस्या

पाचन सम्बन्धी रोग त नेपालीको साझा समस्या नै हो । खासगरी हाम्रो खानपान र खानपान शैली त्यती स्वस्थ्यकर छैन । यही कारण हामी सानै उमेरमा पेटको रोगले ग्रस्त बन्छौं ।

-पखाला

-दिशामा रगत देखिनु

-दिशा कालो हुनु

-रगत  वान्ता हुनु

-छाती पोल्नु

-मलाशयबाट रक्तश्राव हुनु

-कब्जियत हुनु

-एसिडिटी बढ्नु

मुत्राशयको समस्या

मुत्राशयको समस्या भएमा के कस्ता संकेत देखापर्छ ? शरीरले त्यसको लक्षण देखाउँछ ।

मुत्राशयको समस्या भएमा यी संकेत देखा पर्छ ।

-धेरै पटक पिसाब लाग्नु

-पिडा गर्दा असहय पिडा हुनु

-ओछ्यानमा पिसाब फेर्नु

-पिसाबमा नियन्त्रण नरहनु

-राती पनि अत्याधिक पिसाब लाग्नु

इटिङ डिसअर्डर तथा तौलको समस्या

इटिङ डिसअर्डर वा तौलको समस्या भएमा पनि त्यसको संकेत शरीरले गर्छ । कसरी थाहा पाउने त ?   -शरीरको बनावट विग्रनु

-डिहाइड्रेसन

-थकान महसुस हुनु

-वान्ता हुनु

-धेरै भोक लाग्नु

-प्यास धेरै लाग्नु

-व्याध्यकारी व्यायाम

थ्रोम्बोसिस

थ्रोम्बोसिस सम्बन्धी कुनै समस्या छ भने पनि शरीरले त्यसको संकेत गर्छ ।

– हात तथा  खुट्टा सुन्निनु

-पाखुरा तथा खुटामा पिडा हुनु

-खुट्टा तथा पाखुरा बौडिनु

-हात, खुट्टा तातो हुनु

-छालाको रङ रातो तथा निलो हुनु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment