Comments Add Comment

पुस्तक मेलामा ‘संसददेखि संविधानसभासम्म’

शनिबार भृकुटीमण्डपस्थित पुस्तक मेलामा पुगे पूर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारी । त्यहाँ उनले सरसर्ती मेला अवलोकन गरे र एउटा स्टलमा अड्डा जमाए ।

खासमा उनी त्यहाँ राजनीतिकर्मीको रुपमा नभई लेखकको रुपमा उपस्थित थिए ।स्टलमा उनको आफ्नै पुस्तक थियो । पुस्तकको चाङ अघिल्तिर बसेपछि उनले केही पोज फोटो खिचे । त्यसपछि लागे, हस्ताक्षरतिर ।

त्यहाँ उनको पुस्तक ‘संसद्देखि संविधानसभासम्म’ सजाइएको थियो । पुस्तक खरिद गर्ने आगन्तुकसँग उनी भलाकुसारी गर्दै पुस्तकमा हस्ताक्षर गरिरहेका थिए ।

पुस्तकमा नेपाली राजनीतिको एउटा कालखण्ड समेटिएको छ । नेपाली राजनीतिको भित्री पाटो चिहाउने सानो आँखीझ्याल हो, यो पुस्तक । घोस्ट राइटिङबाट तयार पुस्तक आत्मवृतान्त शैलीमा लेखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment