+
+

स्वास्थ्य जाँच गराउन पूर्वराजा ज्ञानेन्द्र नर्भिकमा

अनलाइनखबर अनलाइनखबर
२०७५ असार ३ गते ९:३३
फाइल फोटो

३ असार, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह नर्भिक अस्पताल पुगेका छन् । शाह नियमित स्वास्थ्य जाँचका लागि अाइतबार बिहान नर्भिक अस्पताल पुगेका हुन् ।

पूर्वराजा ज्ञानेन्द्र मुटुका बिरामी हुन् । उनलाई ५ असोज ०७१ मा हृदयघात नै भएको थियो । नर्भिक अस्पतालमा उपचारपछि स्वास्थ्यलाभ गरेका उनी त्यसयता नियमित स्वास्थ्य जाँच गराउँदै आएका छन् ।

राजदरबारका पूर्वसचिव फणिराज पाठकले थप स्वास्थ्य समस्याका कारण नभएर नियमित स्वास्थ्य जाँचका लागि शाह आइतबार नर्भिक अस्पताल पुगेको जानकारी दिए ।

‘उहाँले मुटुको नियमित चेकजाँच गर्दै आउनु भएको छ, त्यसैका लागि नर्भिकमा जानुभएको हो, थप समस्या भएर होइन,’ पाठकले अनलाइनखबरसँग भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?