+
+

लोकदोहोरी प्रतिष्ठान यूएई शाखाको अध्यक्षमा पंगेनी सर्बसम्मत

अनलाइनखबर अनलाइनखबर
२०७५ असार १० गते १०:५५

यूएर्इ / राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, यूएई शाखाको प्रथम अधिवेशन सम्पन्न भएको छ । यूएईस्थित बरदुबईको एभरेष्ट होटलमा असार ८ गते सम्पन्न अधिवेशनले गोपिकृष्ण पंगेनीलाई निर्बिरोध अध्यक्षमा चयन गरेको छ।

दुई वर्षे कार्यकालका लागि समितिको उपाध्यक्षमा ओमकुमारी थयम्वु (खाँड ) र नारायण न्यौपाने चयन भएका छन् । त्यस्तै सचिवमा ओमकार पोख्रेल ,महिला सचिव लक्ष्मी केसी, सह-सचिव अमित विश्वकर्मा, कोषाध्यक्ष बिक्रम पौडेल र सह-कोषाध्यक्षमा गोपाल भट्टराई रहेका छन् ।

त्यस्तै कार्यसमिति सदस्यहरूमा प्रकाश ढकाल, राजेश भण्डारी, हेमबहादुर भण्डारी, अनिस दुवाडी, वीरेन्द्र दंगाल, पारू मगर, हर्क सिंह, रमेश राणा, केविनजंग शाही, नरेन सापकोटा, बिमादेवि न्यौपाने, मनु क्षेत्री, विकाश अधिकारी, होमनाथ कुवर, कृष्ण सुनार, सुनिता गैरे र यमलाल पराजुली रहेका छन् ।

अधिवेशन सम्पन्न गर्नको लागि नेपाल पत्रकार महासंघ यूएई शाखाका सल्लाहकार एकेन्द्र थापा संयोजक रहने गरी एक निर्वाचन समिति निर्माण गरिएको थियो ।

जसमा पत्रकार महासंघ यूएईका सहसचिव निर्भिक नारायण भुर्तेल, सदस्यहरू खिमलाल पाण्डे र रामप्रसाद ढुंगेल सदस्य रहेका थिए ।

अधिवेशनका लागि नेपालबाट राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका बरिष्ठ उपाध्यक्ष तथा बैदेशिक विभाग प्रमुख रमेश बिजी र केन्द्रीय सदस्य कृष्ण आशुसमेत आमन्त्रित थिए ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाली राजदूतावास, अबुधाबिबाट कार्यवाहक राजदूत सागरप्रसाद फुयाल उपस्थित भएर यूएईमा श्रमरत नेपाली लोकगीतका पारखीहरुलाई प्रोत्साहन प्रदान गरेका थिए ।

उक्त कार्यक्रम लय शब्दका धनी शिव हमालको लय तथा शब्द र रमेश राना, होमनाथ कुवर र जुना श्रीषको स्वरमा रहेको लोक दोहोरी गीत डाडैको वरको समेत बिमोचन गरिएको थियो ।

वरदुबईको एभरेस्ट होटलमा सर्वसाधारणलाई समेत निःशुल्क प्रवेशपास भएको उक्त कार्यक्रममा कलाकारहरुको लाइभ दोहोरी साथै नृत्य प्रस्तुत भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?