Comments Add Comment

वर्षाको शालिन मुस्कान

नायिका वर्षा शिवाकोटीको सुन्दरताको चर्चा धेरै हुनेगर्छ सिने नगरीमा । उनी पछिल्लो पुस्ताकी ‘क्यूट’ नायिकाभित्र पर्छिन् ।

यद्यपि, आफ्नो फिटनेसलाई लिएर भने चिन्तित छिन् वर्षा । आवश्यकताभन्दा बढि तौल भएको महसुस गरेर उनले केही समययता जिमखानामा पसिना बगाइरहेकी छन् । पुक्क परेका गालालाई स्याप्प बनाउने उनको योजना छ । उनले आफूले ‘बिकिनी बडी’ बनाउन चाहेको अनलाइनखबरलाई एक अन्तरवार्तामा बताएकी थिइन् । यद्यपि, उनले चाहेजस्तो शरीर अझै पाइसकेकी छैनन् ।

वर्षाको रुपमा मात्र होइन, मन पनि सुन्दर छ । उनी कमै विवादमा मुछिने नायिकामा पर्छिन् । साथै उनको शालिन स्वभावले पनि धेरैलाई आकषिर्त गर्छ ।

‘नाई नभन्नु ल २’ मा छोटो भूमिकाबाट चलचित्र क्षेत्रमा आएकी यी नायिका अहिले क्रमशः व्यस्त बन्दै गइरहेकी छन् । उनलाई निर्माता-निर्देशकले लिड हिरोइनका रुपमा पनि पत्याउन थालेका छन् । उनले अभिनय गरेको फिल्म ‘भैरे’ प्रदर्शनको तयारीमा छ । एभरेस्ट सुर्य बोहोराद्वारा निर्देशित यस फिल्ममा वर्षाको साथमा दयाहाङ राई, बुद्ध तामाङ, सुरक्षा पन्त लगायत छन् ।

उनले निर्माणाधिन चलचित्र ‘जय शम्भो’ मा पनि काम गरिरहेकी छन्, जसमा उनको साथमा प्रशान्त ताम्राकार र अनुपविक्रम शाही रहेका छन् ।

हालै उनी फिल्म ‘पुरानो बुलेट’ मा पनि अनुवन्धित भएकी छन् । वर्षाको हातमा रहेको अर्को फिल्म हो वीर विक्रम २ । मिलन चाम्सले निर्देशन गर्ने यस फिल्मको काम कहिले सुरु हुन्छ टुंगो छैन । जे होस वर्षाको करिअरको ग्राफ अहिले उकालोतिर नै चढिरहेको छ ।   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment