+
+

खोलाले बगाएकी महिलाको वडा अध्यक्षले गरे उद्दार

यमुना खनाल  यमुना खनाल
२०७५ असार १९ गते १५:२७

१९ असार, लहान । सिरहाको गोलबजारमा खोलामा बगिरहेकी एकजना महिलाको उद्धार गएको छ ।

मैनाबत्ती खोलाले बगाइरहेको अवस्थामा गोलबजार नगरपालिका-३ का वडाध्यक्ष धनप्रसाद लामा लगायतले गोलबजार नगरपालिका-३ की करिब ४० वर्षीया बिना योञ्जनको उद्धार गरेका हुन् ।

गोलबजार नगरपालिका-३ को जरुवाबाट विकास निर्माणको योजना अनुगमन गरेर घर फर्किने क्रममा वडाध्यक्ष लामा बूढी जमदह खोलामा आएको बाढी तर्न नकेकेर खोलावारी नै बसेका थिए । सोही बेला बाढीले महिलालाई बगाउँदै गरेको देखेपछि गाउँलेहरुलाई तत्काल खबर गरेर महिलाको उद्धार गरेको वडाध्यक्ष लामाले बताए ।

उद्धार गरिएकी महिलाको गोल बजारमा उपचार भइरहेको छ । उनको स्वास्थ्य अबस्था सामान्य रहेको प्रहरीले बताएको छ ।

आइतबारदेखि आएको अबिरल वर्षापछि सिरहाका खोला नदीहरुमा पानीको बहाब बढेको छ ।

सिरहाको बलान कमला, खुटी, बाबुराम, बुढी जमदह, घुर्मी मैनावती, गागन लगायतका खोला बढेका कारण नदी आसपास बसोबास गर्ने स्थानीय जोखिममा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?