काठमाडौं । विश्वकपमा शुक्रबार राति पौने ८ बजे हुने क्वाटरफाइनल खेलमा फ्रान्सविरुद्ध उरुग्वेका स्टार स्ट्राइकर एडिसन काभानी खेल्न सक्छन् कि सक्दैनन् अझै निश्चित भएको छैन ।
पोर्चुगलसँगको अन्तिम १६ को खेलमा महत्वपूर्ण दुई गोल गरेका काभानी फ्रान्सविरुद्धको खेलमा ठीक नहुने चिन्ताले उरुग्वे टिममा समस्या परेको छ ।
पोर्चुगलविरुद्ध खेल्दा एक्कासी गोडामा समस्यामा देखिएपछि उनले मैदान छाडेका थिए । ३१ वर्षका काभानी बुधबार उरुग्वे टिमको अभ्यासमा पनि सामेल हुन सकेनन् ।
प्रशिक्षक ओस्कार तबरेजले उनी फिट भए पनि दोस्रो हाफमा मात्रै मैदान प्रवेश गराउने तयारी गरेका छन् । उनको स्थानमा क्रिष्टियन स्टुआनीलाई खेलाइने तयारी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4