+
+

कपाल काट्दाकाट्दै रोइन् सोनाली

अनलाइनखबर अनलाइनखबर
२०७५ असार २७ गते ८:५५

 क्यान्सरपीडित भारतीय अभिनेत्री सोनाली बेन्द्रे अहिले न्यूयोर्कमा उपचाररत छिन् । क्यान्सर चौंथो स्टेजमा पुगिसकेकाले उनको उपचार निकै जठिल हुने मानिएको छ ।

यद्यपि, सोनालीले हिम्मत हारेकी छैनन् । उनको अनुहारबाट मुस्कान हराएको छैन । सामाजिक सञ्जालमा सक्रिय रहेर उनी आफ्ना भावनाहरु अभिव्यक्त गरिरहेकी छन् ।

सोमबार सोनालीले इन्स्टाग्राममा आफ्नो कपाल काट्दै गर्दाको फोटो र भिडियो सेयर गरिन् । सम्भवतः क्यान्सरको उपचारका क्रममा कपाल काट्नुपरेको हो ।

कपाल काट्न सुरु गर्दा हाँसिरहेकी सोनाली एकाएक भावुक बनेको भिडियोमा देखिन्छ । आफ्नो छोट्टएिको कपाल ऐनामा हेरेर उनी भावुक बन्छिन् र अनुहार हातले छोपेर रुन्छिन् । त्यतिबेला पतिले सोनालीलाई सान्त्वना दिन्छन् ।

सोनालीले इन्टाग्राममा सन्देश पनि लेखेकी छन् । सन्देशमा उनले आफूलाई परिवार, आफन्त, साथीभाई र शुभचिन्तकको ठूलो हौसला प्राप्त भएको भन्दै आफूलाई भाग्यमानी ठानेको बताएकी छन् ।

सोनालीको पोष्ट यस्तो छः

‘म आफ्नो पि्रय लेखक इसाबेल एलेन्डेको बारेमा बताउँछु जो लेख्छन् कि हामी भित्रदेखि कति मजबूत छौं भन्ने हामीलाई त्यतिबेलासम्म थाहा हुँदैन जबसम्म हामीलाई आफ्नो शक्ति देखाउनका लागि बाध्य पारिदैन । यो कुराले मलाई आफ्नो रोगसँग लड्ने शक्ति दिएको छ । मलाई आफ्नो प्रियजनहरुबाट लगातार प्रेम प्राप्त भइरहेको छ, त्यसको लागि आभारी छु । म सकारात्मक सोचका साथ यो लडाई लड्दै अगाडि बढिरहेकी छु । मलाई धेरै जनाले क्यान्सरसँग सफलतापूर्वक लड्दाको अनुभव सुनाइरहनु भएको छ, जसले मभित्र हिम्मत बढाएको छ ।’

उनी अगाडि लेख्छिन्, ‘प्रत्येक नयाँ दिनले नयाँ चुनौति र विजय लिएर आउँछन् । म एकपटकमा एक दिनको मन्त्रका साथ बाँचिरहेकी छु । सकारात्मक देखिन कोशिष गरिरहेकी छु । मलाई थाहा छ, म एक्ली छैन । सबै कुरा सकिएको छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?