३१ असार, विराटनगर । मोरङको उर्लाबारी नगरपालिका-८ खाइवा चोकमा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मोटरसाइकलमा पछाडि सवार व्यक्ति गम्भीर घाइते भएका छन् ।
उर्लाबारीबाट दुर्गापुरीतर्फ जाँदै गरेको बा १८ च ३०९७ नम्बरको कारले ज ९ प ७८१८ नम्बरको मोटरसाइकललाई शनिबार साँझ ठक्कर दिँदा स्थानीय २५ वर्षीय रवि रायको मृत्यु भएको हो ।
गम्भीर घाइते भएका रायको उपचारको क्रममा दमक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
कारको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकलमा पछाडि सवार सोही ठाँउका २४ वर्षीय श्रीकृष्ण घिमिरेको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।
कार चालकलाई इलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिएको छ ।