Comments Add Comment

आकाशसँग अलग हुने कुराले भावूक पूजा


चलचित्र रिलिजपछि तपाई र आकाश श्रेष्ठ अहिले जस्तो नजिक हुनुहुन्न, त्यतिबेला तपाइहरु एक अर्काको के कुरा बढी मिस गर्नुहुन्छ, पत्रकारको यो प्रश्नले नायिका पूजा शर्मालाई भावूक बनायो ।

भदौ २२ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘रामकहानी’की नायिका शर्माले आकाशसँग अलग हुने कुराले भावूक बनाएको बताइन् । उनले भनिन्-‘तपाइले त अहिले नै चलचित्र रिलिज भैसकेको जस्तो कुरा गर्नुभयो ।’

यता, नायक आकाश श्रेष्ठले भने सम्हालिएको जवाफ फर्काए । उनले भने-‘चलचित्र रिलिज भएपनि हामी एक अर्कासँग किन टाढा हुन्छौ र ? फोनमा कुरा भैहाल्छ, भेट भैहाल्छ, अनी मिस किन गर्नुपर्‍यो र ?’

नायिका शर्माले आकाश आफ्नो सह-कलाकार भन्दा पनि एउटा राम्रो साथी भएको बताइन् । आकाशले पनि पूजालाई राम्रो साथीको रुपमा हेरेको सुनाए ।

राम र मायाको जोडीलाई दर्शकले निकै माया गर्ने अपेक्षा यी दुइको छ । सुदर्शन थापाले चलचित्रको लेखन, निर्माण तथा निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment