+
+
WC Series
पोखरा एभेन्जर्स 2025
152/10 (20)
VS
Kathmandu Gorkhas won by 13 runs
Won काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

वीरगञ्जमा कर वृद्धिको विरोधमा उद्योगी सडकमा, ७ दिनको अल्टिमेटम

सुरेश बिडारी सुरेश बिडारी
२०७५ साउन १३ गते १७:५१

१३ साउन, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले एक हजार प्रतिशतसम्म कर वृद्धि गरेको भन्दै वीरगञ्जका उद्योगी व्यवसायी सडकमा आएका छन् ।

वीरगञ्ज उद्योग वाणिज्य संघको आहृवानमा उद्योगी व्यवसायीहरुले विरोध र्‍याली निकालेका हुन् । संघले करको दर पुनरावलोकनका लागि महानगरपालिकालाई ७ दिने अल्टिमेटमसमेत दिएको छ ।

घण्टाघरबाट निकालिएको र्‍याली माइस्थान, आदर्शनगर हुँदै वीरगञ्ज महानगरपालिकामा पुगेको थियो । र्‍यालीमा सहभागीहरुले कवाडी कर खारेज गर, औद्योगिक उत्पादनमा लगाएको कर खारेज गर, सम्पत्ति, घर जग्गा करमा गरेको वृद्धि फिर्ता गर, यातायात तथा ट्रान्सपोर्टमा गरिएको कर वृद्धि फिर्ता गर, नयाँ सवारी कर फिर्ता गर लगायतका नारा लेखिएको प्ले कार्ड बोकेका थिए ।

महानगरपालिकामा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष एवं प्रदेश सांसद ओमप्रकाश शर्माले नगर प्रमुख विजयकुमार सरावगीलाई ७ दिने अल्टिमेटमसहित ज्ञापनपत्र बुझाएका छन् । ज्ञापन पत्रमा आर्थिक वर्ष २०७५/०७६ का लागि कायम गरेको कर, शुल्क, दस्तुर असुलीको निर्णय पुनरावलोकन माग गरिएको छ ।

करमा नगरबासी मर्कामा पर्दैनन् : नगरप्रमुख सरावगी

मेयर विजय सरावगीले भने उद्योगी व्यवसायीहरुको प्रतिनिधि राजश्व परामर्श समितिमा बसेर कर निर्धारण गर्दा पनि विरोध गर्नु उचित नभएको बताए । ‘करका सम्बन्धमा बजारमा कतिपय जायज विषय पनि आए, कतिपय अफवाह फैलिएको छ’ उनले भने, कुनैपनि समस्या छ भने छलफलबाट समाधान खोज्नुपर्छ ।’

उद्योग वाणिज्य संघका प्रतिनिधिकै रोहबरमा कर निर्धारण गरिएको भन्दै उनले भने, ‘नगरबासीलाई मर्का पर्ने गरी कर निर्धारण गरेकै छैन । तैपनि कुनै समस्या भए समाधान निकाल्न सकिन्छ ।’

लेखक
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?