+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

कर बढायो भनेर सरकारविरुद्ध अफवाह फैलाइयो : मन्त्री खनाल

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन २५ गते १८:४२
फाइल फोटो

२५ साउन, काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनालले जथाभावी कर बढायो भनेर सरकारविरुद्ध अफवाह फैलाइएको बताएका छन् ।

उनले बाहिर चर्चा गरेजस्तो कर नबढाइएको दावी गरे । ‘वर्तमान सरकारले कर बढायो र जनतालाई ठूलो मारमा पार्‍यो भनेर अफवाह फैलाइयो । तर, बाहिर अफवाह फैलाइएकोजस्तो कर बढाइएको छैन’ उनले भने ‘स्थानीय, प्रदेश र केन्द्र सरकारले छुट्टाछुट्टै कर लगाउन आँट्यो भनिएको छ, यो अफवाहमात्रै हो ।’

जग्गाको हदबन्दी लगाउन खोज्यो भनेर तराईका मालपोत कार्यालयहरुमा जग्गा बेच्नेको भीड बढेको सुनाउँदै मन्त्री खनालले यो पनि हल्ला भएको बताए । ‘४ विघाभन्दा बढी जग्गा राख्न नपाइने भनेर हल्ला फैलाइएछ । जबकी यो विषयमा सरकारले कहीँ कतै पनि बोलेको छैन ।’

उनले सरकारले केही महिनाभित्रै जनतालाई राहतको महशुस हुने गरी राम्रो कामहरु गर्ने सुनाए । उनले भने, ‘हो, अहिले जनताको अपेक्षा अनुसार सरकारले काम गर्न सकेको छैन । तर केही राम्रा कामको सुरुवात सबै मन्त्रालयहरुले गरेका छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?