+
+

एनआरएनले चाडै पूँजी बजारमा लगानी गर्न पाउनेछन् : मन्त्री ज्ञवाली

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन २७ गते १०:३९

२७ साउन, काठमाडौं । परराष्ट्र मन्त्री प्रदीप ज्ञवाललीले गैर आवसीय नेपाली (एनआरएन) ले चाडै पूँजी बजारमा लगानी गर्न पाउने बताएका छन् ।

नेपाल पूँजीबजार लगानीकर्ता संघका पदाधिकारीहरुको ज्ञापन पत्र बुझ्दै मन्त्री ज्ञवालीले गैरआवसीय नेपालीलाई पूँजी बजारमा लगानी गर्न दिनका लागि आवश्यक तयारी भइरहेको जानकारी दिदै चाडै लगानी गर्न पाउने बताएका हुन् ।

मन्त्री ज्ञवालीलाई भेट्न शनिबार निवासमै पुगेको संघकी अध्यक्ष राधा पोखरेल नेतृत्वको टोलिले एनआरएनलाई पूँजीबजारमा सहज प्रवेशको माग राखेर ज्ञापन पत्र वुझाएको थियो ।

मन्त्री ज्ञवालीले पूँजी बजार विकाका लागि सरकार सकारात्मक रहेको प्रतिक्रिया दिएको अध्यक्ष पोखरेलले बताइन् । संघले आइतबार पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको प्रमुख आतिथ्यतामा पूँजी बजारको विकास विषयक अन्तरक्रियाको आयोजना समेत गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?