२ भदौ, काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित अन्नपूर्ण होटेलमा दुई दिने नेपालमा उच्च शिक्षा लिन चाहाने विद्यार्थीलाई लक्षित गरी शैक्षिक मेला चलिरहेको छ । मेलाको मुख्य आयोजकहरु भिजन मिडिया इन्कर्पोरेशन र एजुकेशन डट कम रहेको छ ।
मेलाको टाइटल प्रायोजक इस्लिङ्टन कलेज रहेको छ । राजधानीको दरबारमार्गस्थित अन्नपूर्ण होटेलमा मेला चलिरहेको छ । २ दिन विहान १० बजेदेखि साँझ ६ बजेसम्म काठमाडौं विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, मध्यपश्चिमाञ्चल विश्वविद्यालय तथा विभिन्न अन्तर्राष्ट्रिय विश्विविद्यालयसँग आवद्ध विभिन्न कलेजहरुले विद्यार्थीहरुलाई निःशुल्क परामर्श दिइरहेका
छन् ।
बिबिए, एमबिए, बिआईटी, बिआईएम, बिएचएम, बिटिटिएम, बिबिएम, बिएचटिएम, बिएएसडब्लु, बिबिएस, बिएस्सी, सिएसआईटी, बिडे लगायत कोर्ष पढ्न चाहाने बिद्यार्थीे यो मेलाबाट लाभान्वित हुनेछन् । मेलामार्फत नेपालमै अन्तर्राष्ट्रिय स्तरको शिक्षाका लागि विद्यार्थीहरुले निःशुल्क परामर्श लिन सक्नेछन् । मेलामा ४० भन्दा बढी कलेजहरु सहभागी छन् ।
शिक्षामन्त्री गिरिराजमणि पोखरेलबाट कार्यक्रमकाविच मेला उद्घाटन भएको हो । पहिलो दिन ४००० भन्दा बढी विद्यार्थीहरुले मेलाको अवलोकन गरे । भोली शनिबार १ पनि मेला चलिरहेको छ ।
प्रतिक्रिया 4