+
+

नियन्त्रित मात्रा चिनीको सेवन, मिल्नेछ यस्तो स्वास्थ्य-लाभ

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ २१ गते ९:५३

हामीले दैनिक खाने थुप्रै खानेकुरामा चिनीको मात्रा अधिक हुनेगर्छ । जबकी चिनीजन्य पदार्थ स्वास्थ-मैत्री मानिदैन । मधुमेह, मोटोपन अदिमा त यसको असर निकै गंभिर रुपमा हुनेगर्छ ।

तर, स्वस्थ्यका लागि हानिकारक छ भन्दैमा चिनी पूर्णत त्याग्नु पनि राम्रो मानिदैन । चिनी नियन्त्रित मात्रामा सेवन गर्नुपर्छ ।  अधिक सेवनले मधुमेह, मोटोपना लगायतका थुप्रै समस्या निम्तने गर्छ । जबकी कम मात्रामा चिनीको सेवनले तौल कम हुनुका साथै छाला स्वस्थ हुने गर्छ ।

गुलियो खानेकुरा धेरैलाई मन पर्छ । गुलियोमा पनि विशेषगरी, मिठाई, केक लगायतका खानेकुरा मानिसको रोजाईमा पर्छ । यस्ता खानेकुराका कारण कयौ मानिसलाई गुलियो लत लाग्छ । गुलियोले जति जिब्रोकोे स्वादलाई बढाउँछ, त्यति नै शरीरलाई अस्वस्थ बनाउँछ ।

आवश्यकता भन्दा बढी चिनीको सेवनकै कारण मोटोपना, तौल बढ्ने, मधुमेह लगायत हृदय सम्बन्धि समस्या निम्तने गर्छ । यसले खानामा क्यालोरीको मात्रा बढाउने हुदाँ आवश्यकता भन्दा बढी मात्रामा चिनीको सेवनले शरीरमा अनावश्यक फ्याटको वृद्धि हुन्छ ।

जबकी चिनी वा गुलियो खानेुकुरालाई नियन्त्रित गर्न सकेको खण्डमा वजन कम हुनुका साथै स्वास्थ्य सम्बन्धि अनेकौ फाइदा हुन्छ ।

कम चिनी खानुका फाइदा 

-हृदयाघातको जोखिम कम हुन्छ

-दिमाग तेज चल्छ

-छाला स्वस्थ एवं कोमल रहन्छ

-शरीरमा उर्जावान हुन्छ

-दाँत स्वस्थ रहन्छ

हृदयाघातको जोखिम कम हुन्छ

विभिन्न शोधहरुले जनाए अनुसार कम चिनी सेवन गर्ने व्यक्तिको तुलनामा अधिक चिनीको सेवन गर्ने मानिसहरुमा हृदयाघात हुने जोखिम उच्च हुन्छ । यसबाहेक, चिनीयुक्त पेय पदार्थको अधिक सेवनले हृदय रोग सम्बन्धि खतरा बढ्ने गर्छ । जबकी कम चिनीको सेवनले मुटुलाई स्वस्थ राख्न मद्धत गर्छ ।

दिमाग तेज चल्छ

शोधका अनुसार चिनीको सेवन गर्नाले दिमागको कांगनिटिभ फक्सन प्रभावित हुनुका साथै यसले त्यस्ता प्रोटिनलाई कम गर्छर् जसले मेमोरीलाई तेज बनाउँछ । जबकी कम मात्रामा चिनीको सेवनले दिमाग तेज रहनुका साथै मस्तिष्कले सही तरीकाले काम गर्न सहायता प्रदान गर्छ ।

छाला स्वस्थ एवं कोमल रहन्छ

चिनीको अधिक सेवनले छाला रुखो हुन्छ र अनुहार चाउरीन थाल्छ । जबकी कम चिनीको सेवनले छालमा इलास्टिसिटी कायम रहन्छ, जसले गर्दा छाला लामो समयसम्म स्वस्थ एवं कोमल रहन्छ ।

शरीरमा उर्जावान हुन्छ

चिनी शरीरले चाडै पचाउने हुदाँ र यो रगतमा छिट्ट घुल्ने हुदाँ यसले शरीरलाई तुरुन्तै उर्जा प्रदान गर्छ । तर रगतमा शरीरमा चिनीको मात्रा कम हुनुसाथ शरीरमा उर्जाको प्रभाव स्वत कम हुन्छ । जबकी कम चिनीको सेवनले शरीरलाई दिनभर उर्जावान राख्न सकिन्छ ।

 दाँत स्वस्थ रहन्छ

अधिक मात्रामा चिनीको सेवनले दाँत तथा गिजामा असर पर्ने गर्छ । र, दाँतमा क्याभिटी हुने सम्भावना उच्च हुन्छ ।   जबकी कम चिनीको सेवनले दाँत स्वस्थ रहने गर्छ, जसका कारण घरी घरी दन्त रोग विशेषज्ञका जानु पर्ने आवश्यकता रहदैन ।

यसबाहेक, कम चिनीको सेवनले वजन  नियन्त्रित हुनुका साथै शरीरमा बोसो जम्न पाउँदैन । साथै, शरीरको प्रतिरोधी क्षमता मजबुत रहन्छ, र मधुमेहको जोखिम कम हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?