+

पाचन क्षमता कमजोर भएका व्यक्तिले पोषण कसरी पाउने ?

२०८० असोज  १२ गते १८:१३ २०८० असोज १२ गते १८:१३
Shares
पाचन क्षमता कमजोर भएका व्यक्तिले पोषण कसरी पाउने ?

पाचन क्षमता कमजोर हुँदा हामीले खाएको खाना सजिलै पच्दैन । किनकि त्यसबाट पाउने पोषक तत्व शरीरले सोस्न सक्दैन, जसले गर्दा कुपोषण हुन्छ । त्यसैले पाचन प्रक्रिया कमजोर छ भने स्वस्थ खानेकुरा खाए पनि पूर्णरुपमा पोषण मिलिरहेको हुँदैन । त्यसैले कहिलेकाहीं स्वस्थ खानेकुरा खाने व्यक्तिलाई पनि कुपोषण हुने सम्भावना हुन्छ ।

कहिलेकाहीं सन्तुलित खानेकुरा खाँदा पनि नपच्ने हुन्छ नि ?

अंग्रेजीमा एउटा भनाइ छ, वान डाइट डज नट सुट अल अर्थात् एउटै खालको खानपान सबैलाई पाच्य नहुन सक्छ । मतलब कसैलाई त्यही खाना पच्छ भने कसैलाई नपच्न सक्छ । उदाहरणको लागि कसैलाई रोटी खाँदा सजिलै पच्छ भने कसैलाई त्यही रोटीले ग्यास्ट्रिक हुने, पेट फुल्ने, मुखमा अमिलो पानी आउने हुन्छ । यसको मतलब उसले त्यो खाना पचाउन सकेन भन्ने बुझ्नुपर्छ । यसमा धेरै कुराले प्रभाव पारेको हुन्छ ।

यसमा खानेकुरा स्वयंको पनि भूमिका हुन्छ । जस्तो कसैले बच्चैदेखि रोटी खाएको छैन भने वयस्क भएपछि खाँदा सजिलै नपच्न सक्छ ।

तनावका बेला निस्किने इन्जाइमले पनि पाचन प्रक्रियामा असर पारिरहेको हुन्छ । अनिद्रा खाना नपच्ने अर्को कारण हो । यदि बेलुका निद्रा लाग्दैन, अबेर सुत्ने बानी छ भने पाचन प्रक्रिया कमजोर बनाउन सक्छ । किनकि निद्राले दिनभरिको थकान, तनावलाई पुन: ताजगी दिने काम गर्छ । तर निद्रा पुगेन भने त्यो ताजगी मिल्दैन र यसको असर पाचन प्रक्रियामा पनि पर्छ ।

शरीरमा पानीको कमी अर्थात् डिहाइड्रेसन भएर अपच हुन सक्छ । त्यसैले सकेसम्म पानी कम्तीमा दिनको दुईदेखि तीन लिटर खानुपर्छ । यसले पाचन प्रक्रियालाई सन्तुलित राख्न मद्दत गर्छ । तर पर्याप्त पानी नपुगेमा पाचन प्रक्रियामा असर पार्छ ।

पाचन प्रणाली कमजोर भएको व्यक्तिले कसरी पोषक तत्व प्राप्त गर्ने ?

पाचन प्रणाली कमजोर भएको व्यक्तिले समयमा खाने, खाँदा खाना राम्रोसँग चपाएर खाने गर्नुपर्छ । जसले गर्दा खाना सजिलै पच्छ । त्यस्तै लामो समयसम्म पेटलाई खाली नराखी तीन-चार घण्टाको फरकमा केही न केही खाइरहनुपर्छ । किनकि एकैचोटि धेरै खाँदा पचाउन गाह्रो हुन्छ । त्यसबाट पोषक तत्व सोस्न सक्दैन ।

खानेकुरा हुन्छ, जसले पाचन क्षमता बढाउँछ ?

पाचन क्षमता कमजोर भएका व्यक्तिले सजिलै पच्ने अर्थात् जाउलो, सुप, झोलिलो खानेकुरा दाल, प्रोबायोटिक खानेकुरा जस्तै दही र फाइबरयुक्त खानेकुरा खान सकिन्छ ।

त्यस्तै जंकफुडको सेवन कम गरेमा वा सेवन नै नगरेमा पाचन क्षमता बढ्छ, किनकि शरीरमा दुई प्रकारको ब्याक्टेरिया हुन्छ, राम्रो र नराम्रो । राम्रो ब्याक्टेरियाले खाना पचाउन र शरीरमा भिटामिन बी १२ उत्पादन गर्न मद्दत गर्छ । त्यस्तै जंकफुड खाँदा नराम्रो ब्याक्टेरिया वृद्धि हुन्छ, जसले पाचन प्रक्रियामा समस्या ल्याएर पाचन क्षमता कमजोर बनाएको हुन्छ ।

यतिले पनि भएन भने प्रोबायोटिकको क्याप्सुल पनि खान सकिन्छ । यसले पनि पाचन क्षमता बढाउँछ । तर व्यक्तिको समस्या अनुसार फरकफरक सप्लिमेन्ट दिनुपर्ने हुन्छ ।

(पोषणविद् सिंह काठमाडौंस्थित नर्भिक इन्टरनेसनल अस्पतालमा कार्यरत छिन् । उनीसँग अनलाइनखबरकर्मी रेणु त्वानाबासुले गरेको कुराकानीमा आधारित)

तस्वीर, भिडियो : आर्यन धिमाल/अनलाइनखबर

पाचन प्रणाली पोषण प्रणिती सिंह
प्रणिती सिंह
लेखक
प्रणिती सिंह
क्लिनिकल बेरियाट्रिक तथा पोषणविद्

पोषण विशेषज्ञको रुपमा काठमाडौं थापाथलीस्थित नर्भिक अस्पतालमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

सुकुमवासी बस्तीका २८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

सुकुमवासी बस्तीका २८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

यी ९ लक्षण, जसले दिन्छ प्रोस्टेट बढेको संकेत

यी ९ लक्षण, जसले दिन्छ प्रोस्टेट बढेको संकेत

एक महिनासम्म चिनी छोड्दा शरीरमा देखिन सक्छन् यस्ता परिवर्तन

एक महिनासम्म चिनी छोड्दा शरीरमा देखिन सक्छन् यस्ता परिवर्तन

नेशनल प्याथ ल्याबले गरिमा बैंकका कर्मचारी, सेवाग्राहीलाई विशेष छुट दिने

नेशनल प्याथ ल्याबले गरिमा बैंकका कर्मचारी, सेवाग्राहीलाई विशेष छुट दिने

दहीचिउरा : नेपाली परम्परा, स्वाद र पोषणको उत्कृष्ट संगम

दहीचिउरा : नेपाली परम्परा, स्वाद र पोषणको उत्कृष्ट संगम

हरेक कुरामा ‘हुन्छ’ भन्ने बानीले निम्त्याउन सक्छ मानसिक स्वास्थ्य समस्या

हरेक कुरामा ‘हुन्छ’ भन्ने बानीले निम्त्याउन सक्छ मानसिक स्वास्थ्य समस्या