+

यौनरोग के हो र कसरी सर्छ ? (भिडियो)

२०८० असोज  १२ गते १६:४२ २०८० असोज १२ गते १६:४२
यौनरोग के हो र कसरी सर्छ ? (भिडियो)

यौन जीवनका कुरा खुलेर बहस गर्ने परिपाटी छैन, हामीकहाँ । त्यसैले यौनजन्य समस्या भएर पनि त्यसबारे सोधीखोजी गरिदैन । नतिजा, यौनजन्य रोग भित्रभित्रै लुकाएर बस्ने प्रवृत्ति व्यापक छ ।

जब समस्या जटिल बन्छ, तब मात्र उपचारका लागि धाउने गरिएको छ । खासमा नेपालीलाई के कस्ता यौनरोगले सताउने गरेका छन् ? ती रोगको जड के हो ? लक्षण के हो ? उपचार के छ ?

नेपालीहरुलाई के कस्ता यौनरोगले बढी सताएको छ ?

हामीकहाँ मूख्यगरी गोनोरिया, क्राइमोडिया, भिरिङ्गी, यौनाङ्गको मुसा, ट्राइकोमोनियस जस्ता रोग बढी देखिएको छ ।

यीमध्ये असुरक्षित यौन सम्पर्कबाट धेरैमा यौनरोग सरेको छ । गोनेरिया, ट्राइकोमोनियस र क्राइमोडिया यस्तै रोग हो । यी रोगहरु फरक भएपनि लक्षण र उपचार एकै हुन्छ ।

लक्षण के छ ? 

यौनाङ्गबाट सेतो पानी बग्ने, चिलाउने, कतिपयको यौनाङ्ग गन्हाउने हुन्छ ।

यी रोगहरुको जोखिम ? 

महिलामा गोनेरिया संक्रमण भएमा त्यो अन्य अंगमा फैलने जोखिम छ । गर्भवतीमा यस्तो रोग छ भने जन्मने शिशुमा पनि त्यो संक्रमण सर्ने खतरा छ । यदि नवजात शिशुलाई गोनेरियाको संक्रमण भयो भने आँखामा समस्या आउने र समयमा उपचार नभए दृष्टि गुम्ने जोखिम छ ।

पुरुषहरुमा कस्तो समस्या ?

पुरुषहरुमा यौनाङ्गबाट पीप आउने, अण्डकोष सुन्निने हुन्छ ।

भिरिङ्गी कसरी हुन्छ ?

यो पनि नेपालमा धेरै देखिएको यौनजन्य रोग हो । ट्रेपोनेमा प्यालिडम भन्ने एक किसिमको किटाणु हुन्छ, जसबाट यो संक्रमण हुन्छ । भिरिङ्गीको चाडै उपचार गरिएन भने त्यसले मस्तिष्क, स्नायु प्रणाली र मुटुसहितको अंगमा हानि गर्छ ।

यौनाङ्गमा मुसा आउने भनेको के हो ?

कतिपयको यौनाङ्गमा स–सना गिर्खा आउँछ । यो पनि एक किसिमको यौनरोग नै हो । खासगरी यौनाङ्गमा मुसा भएकासँग शारीरिक सम्बन्ध भएमा यस्तो रोग सर्छ । यो पुरुष र महिला दुबैमा हुनसक्छ ।

असुरक्षित यौन व्यवहारले मात्र यौन रोग लाग्ने हो ?

मूख्य त त्यही नै हो । हामीहरु जानेर वा नजानेर असुरक्षित यौन सम्बन्ध राखिरहेका हुन्छौं । जस्तो कण्डम नलगाउने, जथाभावी यौनसाथी बनाउने, जथाभावी सुईको प्रयोग गर्ने, अप्राकृतिक यौन सम्बन्ध बनाउने, यौनाङ्गको सरसफाई नगर्ने ।

यावत् स्थितीमा एकजनाबाट अर्कोमा सजिलै यौनरोग सर्न सक्छ । मलद्वार, मुख आदिमा समेत मैथुन गर्ने जुन प्रवृत्ति छ, त्यो पनि खतरनाक नै हुन्छ ।

लागुऔषध लिनेहरुले एउटै सुई धेरैले लिने गर्छन् । यस्तो अवस्था कसैलाई यौनरोग छ भने दोस्रोमा त्यो सर्न सकछ ।

यस्तो रोग कुन उमेर समूहमा बढी ?

यसमा उमेर भनेर तोक्न मिलेन । खासगरी युवाअवस्थामा मान्छेहरु बढी यौनमा सक्रिय हुने गर्छन् । १५ देखि ४५ बर्षको उमेर समूह यौनको सक्रिय अवधि हो । यसबीचमा यौनरोग सर्छ भनेर सहज अनुमान लगाउन सकिन्छ ।

यौनरोग लाग्नसाथ अस्पताल आउँदैनन्

प्राय हामी यौनको कुरामा खुल्दैनौं । त्यसैले रोग लागेपनि लाज वा डरले लुकाउने प्रवृत्ति एकदमै छ । गाउँघरतिर त अस्पतालको पहुँच हुँदैन र आफ्नो उपचारमा गोपनियता अपनाउने सुविधा पनि नहुन सक्छ । यस्तो अवस्थामा रोग लुकाउन बाध्य हुन्छन् र त्यसैको कारण एकदमै जटिल स्थितीमा पनि पुग्न सक्छन् ।

सुरुवाती यौनरोगको लक्षण

यौनरोगको लक्षण सहजै थाहा पाउन सकिन्छ । लक्षण बिना पनि यौनरोग हुनसक्छ, जुन परीक्षणबाट थाहा हुन्छ । सामान्यत यौनाङ्गमा घाउ आउने, फोका आउने, पीप जम्ने, सेतो पानी बग्ने जस्ता समस्या यौनरोगको हुनसक्छ ।

कुन अवस्थामा अस्पताल जाने त ?

यौनसम्पर्क भएको केही दिनपछि यौनाङ्ग दुख्यो, अत्याधिक चिलायो, पिसाब पोल्यो, पहिले पनि आफ्नो पार्टनरलाई यौनरोग छ वा असामान्य किसिमको घाउहरु देखियो भने तत्कालै अस्पताल जानुपर्छ ।

खासगरी असुरक्षित यौन सम्पर्क गर्ने, धेरै यौनसाथी बनाउनेहरुमा यसको जोखिम बढी हुने भएकाले उनीहरुले बेलाबखत यौनरोगको परीक्षण गराउनुपर्छ ।

यसको पहिचान तथा उपचार

लक्षण अनुसार त्यसको रोग पहिचान गर्न सकिन्छ । जस्तै गोनोरियामा पिप र मैलो पानीबाट परीक्षण गरिन्छ । भिरिङ्गीमा टीपीएच ए र भिडिआरएलको परीक्षण रगतबाट गरिन्छ । एचआइभीको लागि एन्टीजेन परीक्षण गर्न सकिन्छ । ट्राइकोमोनियस भएमा माइक्रोसकोपीबाट परीक्षण हुन्छ ।

यौनरोगको उपचार जति चाडै ग¥यो, उत्तिनै राम्ररी निको हुन्छ । रोग पत्ता लागेमा एन्टिबायोटिक औषधि र एन्टिभाइरल सुई दिन सकिन्छ । संक्रमित भएको पत्ता लगाइसकेपछि संक्रमितको पार्टनरलाई पनि ट्रेसिङ गरेर उपचार गर्न सकिन्छ ।

उपचार गरिएन भने के कस्तो जटिलता ?

गोनोरिया हुँदा समयमै उपचार भएनभने ज्वरो आउने, ग्रन्थीहरु फुल्ने, गर्भवती भएमा सन्तानलाई सर्ने जस्ता जटिलता देखिन सक्छ बाजोपन हुने सम्भावना हुन्छ । पुरुषको हकमा अन्डकोष दुख्ने सुनिने र बाझोपन देखिने हुनसक्छ । भिरिंगी हुँदा संक्रमण फैलिदै मस्तिष्क, रक्तनलीमा समस्या ल्याउँछ । भिरिंगी पनि सन्तानमा सर्न सक्छ ।

(छाला तथा यौनरोग विशेषज्ञ डा. पुडासैनी सिभिल अस्पताल र बीएससीसी स्किन एण्ड हेयर क्लिनिकमा कार्यरत छन् )

छाला तथा यौनरोग
लेखक
डा. प्रज्ज्वल पुडासैनी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

डा.अरुण शाहीले पाए ‘एक्सेलेन्स इन ग्लोबल क्यान्सर सर्भिस’ अवार्ड

डा.अरुण शाहीले पाए ‘एक्सेलेन्स इन ग्लोबल क्यान्सर सर्भिस’ अवार्ड

वर्तमान संकटले उब्जाएको मनोसामाजिक असरलाई कसरी कम गर्ने ?

वर्तमान संकटले उब्जाएको मनोसामाजिक असरलाई कसरी कम गर्ने ?

मधुमेहका कारण पिसाबमा रगत आउँछ ?

मधुमेहका कारण पिसाबमा रगत आउँछ ?

देश बिरामी भएका बेला स्वास्थ्य मन्त्री को ? चर्चित होइन राम्रो रोजौं

देश बिरामी भएका बेला स्वास्थ्य मन्त्री को ? चर्चित होइन राम्रो रोजौं

पोस्टमार्टमबाट आन्दोलनमा मृत्यु भएकाको कसरी पहिचान हुन्छ ?

पोस्टमार्टमबाट आन्दोलनमा मृत्यु भएकाको कसरी पहिचान हुन्छ ?

हाम्रा केही बानी, जसलाई सुधार्न सके स्वास्थ्य राम्रो बनाउन सकिन्छ

हाम्रा केही बानी, जसलाई सुधार्न सके स्वास्थ्य राम्रो बनाउन सकिन्छ