+

रक्तचाप ह्वात्तै घट्यो भने के गर्ने ?

२०८० असोज  १२ गते १८:२१ २०८० असोज १२ गते १८:२१
रक्तचाप ह्वात्तै घट्यो भने के गर्ने ?

जब कसैको शरीरमा रगतको प्रवाह सामान्यभन्दा कम हुन्छ, यसलाई न्यून रक्तचाप भनिन्छ । तर मानिसहरूले न्यून रक्तचापलाई गम्भीर रूपमा लिंदैनन् । जबकि शरीरमा कम रक्तचापका कारण आवश्यक अंगहरुमा पूर्ण रगत पुग्दैन, जसले गर्दा तिनीहरूको काममा बाधा पुग्छ ।

मानिसको शरीरमा हुनुपर्ने सामान्य रक्तचाप १२०/८० हो । यसबाट अलिकति तलमाथि हुँदा फरक पर्दैन । माथिल्लो रक्तचाप ९० देखि १२० सम्म रह्यो भने त्यो सामान्य हो । तल्लो रक्तचाप ६० देखि ८० सम्म भयो भने त्यो पनि सामान्य नै हो । तर माथिल्लो ९० भन्दा तल र तल्लो ६० भन्दा तल गयो भने त्यो न्यून रक्तचाप हो ।

न्यून रक्तचाप हुनु पनि स्वास्थ्य समस्या नै हो । न्यून रक्तचाप भएर रिंगटा लाग्ने, मुटुको धड्कन बढ्ने, कमजोर महसुस हुने, आँखा धमिलो हुने जस्ता लक्षण देखा पर्न सक्छन् ।

न्यून रक्तचाप हुँदा शरीरमा रगतको दबाब कम भएर मुटु, किड्नी, फोक्सो र दिमाग जस्ता अंगसम्म पूरा रगत पुग्न सक्दैन । त्यसैले न्यून रक्तचाप के कारणले भएको हो भन्ने कुरा पत्ता लगाउनु जरुरी हुन्छ ।

न्यून रक्तचाप हुन सक्ने कारण

न्यून रक्तचाप हुनुमा एउटा मात्र नभएर विभिन्न कारण हुन सक्छ । मुटुको समस्याको कारण फोक्सोमा हावा जम्दा, कुनै औषधि सेवन गर्दा पनि रक्तचाप कम हुन्छ । साथै लामो समय पानी नखाई बस्दा डिहाइड्रेसन भएर, झाडा बान्ता भएको बेला, तनाव धेरै भयो भने र सेप्सिस भयो भने पनि रक्तचाप कम हुन सक्छ ।

पुरुषको तुलनामा महिलाको रक्तचाप न्यून

महिलामा हुने विभिन्न हार्मोनहरुको कारण पुरुषको तुलनामा महिलाको रक्तचाप कम हुन्छ । साथै पुरुषको र महिलाको स्वभावमा भिन्नता र पुरुषको तुलनामा कम तनाव लिने भएको हुनाले पनि महिलाको रक्तचाप पुरुषको तुलनामा कम हुन सक्छ ।

न्यून रक्तचापको प्राथमिक उपचार

न्यून रक्तचाप हुँदा घरमै प्राथमिक उपचार गर्न सकिन्छ । न्यून रक्तचाप भएर चक्कर लाग्यो भने उभिइराख्नु हुँदैन । सजिलो गरी सुतेर खुट्टा माथि उठाउनुपर्छ । खुट्टा माथि उठाइयो भने शरीरमा रक्तसञ्चार राम्ररी  हुन्छ र रक्तचाप सामान्य अवस्थामा आउन सक्छ ।

डिहाइड्रेसनको कारण रक्तचाप  भएको छ भने पानीमा थोरै नुन राखेर  र अन्य झोलिलो पदार्थ पिउनुपर्छ जसले प्रेसर बढाउन मद्दत गर्छ ।

उच्च रक्तचापको जस्तो न्यून रक्तचापमा सधैं औषधि सेवन गर्नुपर्ने हुँदैन । कतिपय अवस्थामा प्रेसर ९०-६० छ । तर चक्कर लाग्ने, कमजोर महसुस हुने जस्ता लक्षण देखा पर्दैनन् भने आत्तिहाल्नु पनि पर्दैन । प्रेसर कम हुने कारण पत्ता लगाएर त्यसको उपचार गरेपछि रक्तचाप सामान्य अवस्थामा आउँछ ।

(धुलिखेल अस्पतालमा कार्यरत मुटुरोग विशेषज्ञ प्रा. डा. राजेन्द्र कोजुसँग अनलाइनखबरकर्मी सुमित्रा लुइटेलले गरेको कुराकानीमा आधारित)

प्रा. डा. राजेन्द्र कोजु रक्तचाप
लेखक
प्रा. डा. राजेन्द्र कोजु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

सरकारी अस्पतालमा फार्मेसी किन संस्थागत हुन सकेन ?

सरकारी अस्पतालमा फार्मेसी किन संस्थागत हुन सकेन ?

सुत्केरीपछि शरीर पहिलेकै अवस्थामा फर्किन कति लाग्छ समय ?

सुत्केरीपछि शरीर पहिलेकै अवस्थामा फर्किन कति लाग्छ समय ?

खाना खाएलगत्तै नगर्नुहोस् यी ८ गल्ती

खाना खाएलगत्तै नगर्नुहोस् यी ८ गल्ती

पहिल्यै जानेको कुरा बच्चाले बिर्संदै गएको छ ? हुन सक्छ डिमेन्सिया

पहिल्यै जानेको कुरा बच्चाले बिर्संदै गएको छ ? हुन सक्छ डिमेन्सिया

न्युक्लियर मेडिसिन : रोगको निदान र उपचार एउटै प्रविधिबाट

न्युक्लियर मेडिसिन : रोगको निदान र उपचार एउटै प्रविधिबाट

पोखरा–२२ का नागरिकलाई एनपीएलले परीक्षणमा छुट दिने

पोखरा–२२ का नागरिकलाई एनपीएलले परीक्षणमा छुट दिने