News Summary
Generated by OK AI. Editorially reviewed.- समानुभुती नेपालले सिभिल अस्पतालमा उपचाररत घाइते र स्वास्थ्यकर्मीलाई निःशुल्क खाना खुवाइरहेको छ।
- सोमबार र मंगलबारको जेनजी प्रदर्शनका क्रममा अस्पतालमा भर्ना भएका सबैलाई खाना उपलब्ध गराइएको छ।
- संस्थाले दैनिक करिब ५०० जनालाई बिहान र बेलुका खाना खुवाउने र यो सेवा निरन्तर चलाउने जनाएको छ।
काठमाडौं । समानुभुती नेपालले अस्पतालमा उपचाररत घाइते र उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई निःशुल्क खाना खुवाइरहेको छ । समानुभुती नेपालले यतिबेला निजामती (सिभिल) अस्पतालमा सबैभन्दा सक्रिय छ । सोमबार र मंगलबारको जेनजी प्रदर्शनका क्रममा अस्पतालमा भर्ना भएका घाइते र उपचारमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मीका लागि संस्थाले निःशुल्क खानाको व्यवस्था गरेको हो ।
सिभिलमा बिरामीको चाप बढेको थाहा पाएपछि कोही भोकै नपरुन भन्ने सोचका साथ यहाँ आएको समानुभुती नेपालका संस्थापक तुलसी श्रेष्ठ बताए । उनका अनुसार यसमा नवदुर्गा पार्टी प्यालेसले सहयोग गरेको छ । खाना ल्याउनका लागि अस्पतालले नै एम्बुलेन्स उपलब्ध गराएको श्रेष्ठले जानकारी दिए ।
‘बिरामीहरू डिस्चार्ज नहुन्जेलसम्म नि:शुल्क खानाको सेवा निरन्तर चलाइने उनले बताए । हाल दैनिक बिहान-बेलुका करिब ५०० जनालाई खाना खुवाइएको श्रेष्ठले जानकारी दिए ।
अस्पतालमा दुःखद् परिस्थितिका बीच स्वास्थ्यकर्मीहरूलाई साथ दिने यो सहयोगी पहलले घाइते र सेवाप्रति समर्पित हातहरूलाई ठूलो राहत पुगेको छ ।
समानुभुती नेपालले विभिन्न संस्थासँग सहकार्य गर्दै अस्पतालमा निःशुल्क खाना खुवाउने अभियान चलाउँदै आएको छ । पहिले वीर अस्पतालमा, त्यसपछि राष्ट्रिय ट्रमा सेन्टर गरी अहिले यो अभियान काठमाडौं उपत्यकाका ५ अस्पतालमा जारी छ ।
प्रतिक्रिया 4