Comments Add Comment

भूवन र रेखाको हाँसो, सक्कली कि बनावटी ?

नायिका रेखा थापाले २ वटा चलचित्र खेल्नेलाई मिडियाले ‘मेघास्टार’ भनेको भन्दै नायक अनमोल केसीप्रति ब्यङ्ग्य कसेपछि नायक भूवन केसी उनीसँग खुबै रिसाए ।

भूवन केसीले आफ्ना छोरा अनमोल केसीलाई रेखाले आलोचना गर्दै हिडेको भन्दै आक्रोश पोखे । भूवनको आक्रोश यतिसम्म बढेको थियो कि, उनी तिहारमा नायिका रेखा थापाको चलचित्रसँग आफ्नो चलचित्र ‘क्याप्टेन’ जुधाउनका लागि तयार भए । तर, अब ‘क्याप्टेन’को भीएफएक्सको काम नसकिएकाले यो भिडन्त टरेको छ ।

भूवन केसी र रेखा थापाले चलचित्र ‘साथी म तिम्रो’मा सँगै काम गरेका थिए । यो चलचित्रले बक्स अफिसमा औषत व्यापार गरेको थियो । भूवन र रेखाविच शितयुद्ध चलेपनि उनीहरु मिडियाको क्यामेरा अगाडि भने सधै नजिकका देखिन्छन् ।

आइतबार बेलुकी काठमाण्डौको कुमारी हलमा आयोजना भएको चलचित्र ‘रामकहानी’को विशेष शोमा पुगेका भूवन र रेखाले एक अर्काको प्रशंसा गरेर थाकेनन् ।

नायिका रेखा थापाले नायक भूवन केसीलाई आफ्नो आइडल मात्र भनिन् नेपाली चलचित्र क्षेत्रको ‘महानायक’ नै भनिन् । नायक भूवन केसीले पनि रेखासँग आफ्नो सम्बन्ध कहिल्यै नविगि्रएको प्रतिक्रिया दिए । बरु, अन्य कलाकारले जस्तै यसपटक पनि रेखा र भूवनले आफूहरुको सम्बन्धको चर्चा मिडियाले नै बढी गरिदिएको प्रतिक्रिया दिए ।

तर, भूवन र रेखाको यो निकटता र हाँसो बनाबटी थियो भन्ने वुझ्न धेरै सोचिराख्न पर्दैन । भूवन केसी रेखाको अनमोल केसीप्रतिको बयानपछि निकै आक्रोशित छन् । तर, मिडियाको क्यामेरा अगाडि भने उनीहरुको बनाबटी हाँसो देखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment