+
+

रक्षा मन्त्रीको प्रश्न-तथ्यहीन समाचार लेखेर काउन्सिलमा उजुरी गर्नुस् भन्न मिल्छ ?

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ ३१ गते १५:२४

३१ साउन, काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले तथ्यपरक समाचार लेख्न सञ्चारकर्मीलाई आग्रह गरेका छन् ।

राजधानीमा आइतबार आयोजित सञ्चारिका समूहको ७ औं महाधिवेशन तथा २२ औं साधारणसभालाई सम्बोधन गर्दै मन्त्री पोखरेलले जवाफदेही पत्रकारिता गर्न आग्रह गरेका हुन् । ‘पत्रकारलाई विरोध नगर्नुस् भनेको होइन तर, तथ्यपरक विरोध गर्नुहोस्’ पोखरेलले भने, ‘जे मन लाग्यो त्यही लेख्ने अनि प्रेस काउन्सिलमा उजुरी गर्नुस् भन्न मिल्छ ?’

मन्त्री पोखरेलले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यारालाई कारवाही गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरे । केही सुरक्षा अधिकारीलाई निलम्बन गरिसकेको र हत्याराको गम्भिर खोजी भइरहेको उनले जानकारी दिए । पछिल्लो समय महिला हिंसाका घट्ना दिक्क लाग्ने गरी बढेको पोखरेलले बताए ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले सञ्चार क्षेत्रमा महिलाको सशक्त उपस्थिति आवश्यक रहेको बताइन् । उनले समाजमा व्याप्त कुसंस्कार, कुराती अन्त्यका लागि बढी भन्दा बढी महिलालाई सञ्चार क्षेत्रमा ल्याउनुपर्ने उनको धारणा थियो ।

कार्यक्रममा चार सञ्चारकर्मीलाई पुरस्कार वितरण गरिएको थियो । नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, प्रेस काउन्सिलका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठ, सञ्चारिक समूहकी अध्यक्ष निर्मला शर्मा, समूहकी संस्थापक अध्यक्ष बन्दना राणा, बबिता बस्नेत, उपाध्यक्ष नितु पण्डित, महासचिव कमला पन्थी लगायतले मन्तब्य राखेका थिए ।

समूहको नयाँ नेतृत्व चयन गर्दै महाधिवेशन आजै सम्पन्न हुने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?