+
+

हृयाम्स अस्पताल बन्यो अत्याधुनिक, भगवान कोइरालासहित विशेषज्ञ डाक्टरहरु एकै ठाउँमा

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज १ गते २:३०

३१ भदौ, काठमाडौं । डा. उपेन्द्र देवकोटा र मधु घिमिरेले २१ वर्षअघि एड्भान्स उपचारका लागि स्थापना गरेको हृयाम्स अस्पतालले अब अन्तर्राष्ट्रियस्तरको सेवा, सुबिधा र प्रबिधिसहित पुनर्जीवन पाएको छ । डा.भगवान कोइराला,अर्जुन कार्की, प्रकााश सायमी लगायतका चर्चित विशेषज्ञ डाक्टरहरु सहित हृयाम्स अस्तपाल सन्चालनमा आएको हो ।

धुम्बाराहीमा १५ रोपनी जग्गामा हेलिप्याड सहितको नवनिर्मित भवनबाट हृयाम्स अस्पतालले अन्तर्राष्ट्रियस्तरको स्वास्थ्य सेवा सन्चालनमा ल्याएको अस्पतालका अध्यक्ष रामशरण भण्डारीले बताए । नेपालका बरिष्ठ डाक्टरहरु सहित ठूलो लगानीमा निर्मित अत्याधुनिक भवनबाट उपचार सेवा सुरु भइसकेको उनले जानकारी दिए ।

सरकारी र निजी अस्पतालहरुलाई सर्जिकललगायत मेडिकल उपकरण सप्लाई गर्ने व्यवसायी भण्डारीको पहलमा हृयाम्स अस्पताललाई पुनर्जीवन दिइएको डा. भगवान कोइरालाले बताए ।

ठूलो लगानी र अन्तर्राष्ट्रियस्तरको प्रबिधि भित्र्याएर सुरु गरिएको हृयाम्स अस्पताल नेपालमा हाल चलिरहेका निजी क्षेत्रका अस्पतालहरुमध्ये केही बिधामा अत्याधुनिक रहेको भण्डारीले बताए ।

उनले मध्यम र निम्न वर्गका जनताको समेत पहुँच हुने गरि उपचारमा सहजीकरण गर्ने लक्ष्य राखिएको दावी गरे । नेपाल सरकारको स्वास्थ्यमन्त्रालयले दिएका मापदण्ड अनुसार गरिव असहाय बिरामीलाई सेवा उपलव्ध गराइने भण्डारीले बताए ।

भण्डारीले भने-अहिले ठूला र अन्तर्राष्ट्रियस्तरका सुबिधा सम्पन्न अस्पताल भन्ने बित्तिकै निम्न आर्थिक अवस्थाका विरामीको पहुँच नहुने अवस्था छ । हामी व्यवहारिक रुपमा देखाउनेछौं, हृयाम्स अस्पताल आम मान्छेको पहुँच हुने अन्तर्राष्ट्रिस्तरको सुबिधा सम्पन्न अस्पताल हुनेछ ।

ल्याब र रोगको डाइग्नोसिस प्रबिधिमा हामीले जोड दिएका छौ,जसले गर्दा रोग पत्ता लगाउन विदेश जाने अवस्था अन्त हुनेछ । अत्याधुनिक प्रबिधि र चिकित्सकद्धारा छिटो रोग पत्ता लगाएर अन्तर्राष्टियस्तरको सेवा उपल्वध गराइनेछ ।

अस्पतालका लागि आवश्यक उपकरण र प्रबिधिहरू सिधै बहुराष्ट्रिय कम्पनीहरुबाट मगाइएको भण्डारीले बताए । हृयाम्स अस्पतालको अहिलेसम्मको इतिहास, नेपालकै नाम चलेका विशेषज्ञ डाक्टरको जमघट र अत्याधुनिक प्रबिधि र उपकरणको त्रिपक्षीय विशेषताका कारण हृयाम्पस अस्पताल सबैको भरोसायोग्य अस्पताल बन्न सक्ने विश्वास लिइएको उनले बताए ।

हृयाम्समा मुुटुरोग विशेषज्ञहरु डा. भगवान कोइराला, दिवाकर शर्मा, रोशन राउत, फोक्सो रोग विशेषज्ञ अर्जुन कार्कीले विशेषज्ञ सेवा शुरु गरेका छन् । त्यस्तै आइओएमका पूर्व डीन प्रकाश सायमी, गीता सायमीका साथै चर्चित स्त्रीरोग विशेषज्ञ पदमराज पन्त,युरोलोजीका चर्चित डाक्टर प्रेमराज ज्ञवाली पनि हृयाम्पसमा पुगेका छन् ।

डा भाष्करराज पन्त,विज्ञान भण्डारी, सन्दीप भण्डारी र प्रशान्त अधिकारी सहितको अर्थोपेडिक विशेषज्ञहरुको टिमले उपचार सेवा सुरु गरिसकेको भण्डारीले जानकारी दिए । त्यस्तै नाक कान घाँटी विशेषज्ञ डा. विमल सिन्हाको टिम पनि हाम्पसमा गएको छ ।

सिंगापुरबाट भर्खरै फर्किएकी छाती रोग विशेषज्ञ रक्षा पाण्डे, एम्स अस्पताल दिल्लीबाट विशेषज्ञता हासिल गरेका र्का छातिरोग विशेषज्ञ डा. राजु पंगेनी, अमेरिकाबाट भर्खरै इन्फेक्सन डिजिजमा विशेषज्ञ हासिल गरेका अनुप सुवेदी लगायत नाम चलेका विशेषज्ञ डाक्टरहरुल हृयाम्समा जोडिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?