+
+

शाहरुखलाई अहिलेसम्म उपहार नदिएको गौरीको खुलासा

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज १ गते १०:००

आमरुपमा श्रीमान-श्रीमतीबीच विभिन्न अवसरमा उपहार आदानप्रदान हुने गर्छ । जस्तै एक-अर्काको जन्मदिन, भ्यालेन्टाइन्स डे, म्यारिज एनिभर्सरी आदि । बलिउड सुपरस्टार शाहरुख खानकी पत्नी गौरीले भने अहिलेसम्म आफूले एक पटक पनि श्रीमानलाई उपहार नदिएको बताएकी छन् । उपहार भनेपछि आफूलाई दिक्दार लाग्ने उनको भनाई छ ।

‘म अली फरक खालकी आइमाई हुँ,’ एक अन्तरवार्तामा गौरीले भनिन्, ‘मैले आजसम्म श्रीमानलाई उपहार दिएको छैन र यसमा उनले गुनासो पनि गरेका छैनन् ।’ गौरीका अनुसार शाहरुखले सुरु-सुरुमा उनलाई उपहार दिने गर्थे । तर पछि छाडे ।
‘मैले उनीसँग कहिल्यै उपहारको अपेक्षा पनि गर्दिन, मलाई उपहारले भन्दा मायाले खुशी तुल्याउँछ,’ गौरीले भनिन् । आफूहरुको दाम्पत्य जीवन थुप्रै उतारचढावबाट गुज्रिएको र हरेक अवस्थामा समझदारीका साथ अघि बढेको उनको भनाई छ ।

शाहरुखका विषयमा आउने विवादहरुको सम्वन्धमा उनले भनिन्, ‘मलाई उनको बारेमा आउने न्यूजहरु पढेर बस्ने फुर्सदै छैन ।’ उनले बाहिर जे भए पनि घरमा आफू शाहरुखको ‘बोस’ भएको बताइन् । आफूले भनेको कुरा श्रीमानले कहिल्यै नकाट्ने पनि उनको दावी छ ।

‘उहाँले मलाई सबै कुरा दिनुभएको छ । हामीसँग अहिले एउटा सुखी र खुशी परिवार छ,’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?