+
+

वायुसेवा निगमको कार्यकारी अध्यक्षमा मदन खरेल नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज १ गते ९:३८

१ असोज, काठमाडौं । सरकारले नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा मदन खरेललाई नियुक्त गरेको छ । आइतबार राति बसेको मन्त्रिपरिषद बैठकले झापाका खरेललाई कार्यकारी अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

नेपाल वायुसेवा निगम ऐन दफा ४ को ५ मा भएको व्यवस्थाअनुसार खरेललाई कार्यकारी अध्यक्ष नियुक्त गर्ने निर्णय गरिएको बैठकपछि सरकारका प्रवक्ता एवम् सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

उनलाई सरकारले गत शुक्रबार निगमको सञ्चालक समिति सदस्य नियुक्त गरेको थियो । त्यसको दुई दिनपछि नै सरकारले उनलाई कार्यकारी अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यो पनि पढ्नुहोस् :  मदन खरेलको नियुक्तिप्रति सुगतरत्न असन्तुष्ट

उखु किसानलाई अनुदान, चिनीमा कोटा

मन्त्रिपरिषद बैठकले उखु उत्पादक किसानलाई प्रतिक्विन्टल ६५ रुपैयाँ २८ पैसा अनुदान दिने र चालू आर्थिक वर्षका लागि एक लाख टन चिनीको कोटा निर्धारण गर्ने पनि निर्णय गरेको छ ।

बैठकले नेपालको संविधानको धारा २७७ अनुसार राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा विशिष्ट प्रकारको योगदान पुर्याउने विभिन्न व्यक्तिलाई विभूषित गर्ने प्रस्ताव राष्ट्रपतिसमक्ष पेश गर्ने निर्णयसमेत गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।

बैठकले मुलुकी फौजदारी (अपराध) संहिताको अनुसूची हेरफेर गरी सबै प्रकारका ठगी मुद्दाको बादी नेपाल सरकार हुने गरी संशोधन पनि गरेको छ ।

त्यस्तै नेपालगञ्जको खजुरामा रहेको कपास विकास समितिको नाम परिवर्तन गरी राष्ट्रिय कपास विकास समिति बनाउने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?