१ असोज, काठमाडौं । महानगरीय प्रहरी वृत्त, बानेश्वरले नक्कली पेस्तोल देखाएर सर्वसाधारणलाई धम्क्याउने कार्यमा संलग्न एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नुवाकोट घर भइ ग्वार्को बस्नै आएका २७ वर्षीय वसन्त तिवारी छन् ।
वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) गोविन्दराज काफ्लेका अनुसार उनले नक्कली पेस्तोल देखाएर लुटपाट समेत गरेको सूचना आएपछि कोटेश्वरस्थित भाटभटी नजिकबाट पक्राउ गरेको हो ।
उनीमाथि सार्वजनिक मुद्दा अन्तरगत म्याद थप गरेर विस्तृत अनुसन्धान गर्ने तयारी गरिएको छ । थप अनुसन्धान भइरहेको काफ्ले बताए ।
त्यस्तै, बानेश्वर प्रहरीले लेडिज पर्स लुट्ने अर्का एक व्यक्तिलाई पनि पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा उदयपुरका २६ वर्षीय पवन मगर छन् ।
उनले सार्वजनिक गाडीमा चढेर भिडभाडमा लुटपाट गर्ने गरेको प्रहरीले जनाएको छ ।
उनी एक जना महिलाको १५ हजार रुपैयाँसहितको म्याग लिएर भाग्दाभाग्दै समातिएको वृत्तका डिएसपी काफ्लेले अनलाइनखबरलाई बताए ।
उनका अनुसार मगरलाई तीनकुनेस्थित मुनिभैरवबाट पक्राउ गरिएको हो । उनीमाथि पनि थप अनुसन्धान भइरहेको जनाएको छ ।
प्रतिक्रिया 4