+
+
Shares

माछापुच्छ्रे बैंक लिमिटेडको माछापुच्छ्रे महोत्सव

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज २ गते ११:०७

२ असोज, काठमाडौं । माछापुच्छ्रे  बैंक लिमिटेडले बैंकिङ्ग कारोबार शुरु गरेकोे १८ वर्ष पुरा गरी १९ आैं बर्षमा प्रवेश गर्न लागेको उपलक्ष्यमा आश्विन महिना भरी आफ्नो सम्पूर्ण शाखाहरुमा माछापुच्छ्रे महोत्सव सञ्चालन गरेको छ ।

१८ औं वार्षिकोत्सवको उपलक्ष्यमा माछापुच्छ्रे बैंकका सम्पुर्ण शाखाले ग्राहकलाई भिन्न किसिमको बैंकिङ्ग अनुभुती गराउने बताएको छ ।

साथै, यस महोत्सवलाई मध्यनजर गर्दै ग्राहकहरुलाई निःशुल्क डेबिट कार्ड/इन्स्टयान्ट कार्ड, निःशुल्क डिम्याट खाता, वार्षिक लकर शुल्क र माछापुच्छ्रे मोबाइल मनी जारी शुल्कमा ५०% छुट, माछापुच्छ्रे क्रेडिट कार्डमा ५०% छुट, र रिटेल कर्जा सेवा शुल्कमा ०.१८% छुट लगायत बिभिन्न सरप्राइज गिफ्टहरु पनि प्रदान गर्ने बैंकले बताएको छ ।

बैंकले उक्त महोत्सव आश्विन महिना भरी जारी रहने बताएको छ । बैंकले सर्वसाधारणहरुलाई बैंकको नजिकको शाखामा गई महोत्सवमा सहभागी हुन तथा विशेष सुविधाहरुको लाभ लिन आव्हान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?