+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
0/0
VS
चितवन राइनोज 2025
0/0
Shares

उर्लाबारीमा अजिंगरले सिंगै मृग निल्यो ! (भिडियो)

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज १९ गते १२:३९

१९ असोज, मोरङ । नेपाली समाजमा एउटा आहान छ– अजिंगरको आहारा दैवले आफैं जुराउँछ । उर्लाबारी नगरपालिकाको सिमसार क्षेत्रमा अजिङ्गरले एउटा सिंंगै मृग निल्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

बिहीबार दिउँसो स्थानीय बेतेनी सिमसार क्षेत्रमा मृग निल्दै गरेको अवस्थामा अजिङ्गर भेटिएको हो । तीव्र गतिमा दौडन सक्ने मृगलाई घस्रेर हिँड्ने अजिंगरले कसरी आफ्नो कब्जामा पार्‍यो भन्ने प्रारम्भिक दृश्य देख्न नपाइए पनि सिंगो मृगलाई जिउभित्र पु¥याएर ओकेलेको दृश्य भिडियोमा देख्न सकिन्छ ।

सामुदायिक वनमा देखिएको यो दृश्यलाई स्थानीयले आफ्नो मोबाइलमा कैद गरेका थिए । भिडियोमा अजिंगरले मृग निलेर पुनः बाहिर निकालेको देख्न सकिन्छ ।

अंजिगर नेपालको तराई क्षेत्रको घना जंगल र नदी र ठूला पोखरी आसपासका घाँसे मैदानमा पाइन्छ । सरीसृप वर्गमा पर्ने सर्पको एक प्रजाति अजिंगर नेपालमा संरक्षित जन्तुमा पर्छ ।

बाख्रा र मृगका पाठाहरु अजिंगरको आहारा नै भए पनि ठूलो मृग निलेको दृश्य नै कैद हुनुलाई चाहिँ सर्वसाधारणले आश्चर्य मानेका छन् । र, धमाधम भिडियो शेयर गरिरहेका छन् ।

अजिंगरलाई स्थानीय प्रेम विष्टले समातेर सालबारी सामुदायिक वनको जिम्मा लगाएको जनाइएको छ ।

‘अजिंगरले ठूल्ठूला जीवहरु निल्छ भन्ने सुनेको थिएँ, तर प्रत्यक्षरुपमा पहिलोपटक देखेँ’, स्थानीय वडा सदस्य भीष्म बुढाथोकीले भन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?