+
+
Shares

अष्ट्रेलियाविरुद्ध पाकिस्तानको उच्च स्कोर, हफिज र हृयारिसको शतक

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज २२ गते १८:५५

२२ असोज, काठमाडौं । अष्ट्रेलियाविरुद्धको पहिलो टेष्ट क्रिकेट खेलमा पाकिस्तानले पहिलो इनिङ्समै उच्च स्कोर बनाएको छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा दोस्रो दिन अलआउट हुँदा पाकिस्तानले ४८२ रन जोड्न सक्यो । पाकिस्तानका लागि दुई जना खेलाडीले शतक प्रहार गरे ।

ओपनर मोहम्मद हफिजले १२६ रन बनाए । उनले २०८ बलको सामना गर्दै १५ चौका प्रहार गरेर शतक बनाएका थिए । त्यस्तै, हृयारिस सोहइलले ११० रन बनाए । उनले ८ चौका र २ छक्का प्रहार गरेका थिए ।

उच्च स्कोर बनाउने क्रममा पाकिस्तानका लागि असद शफिकले ८० र इमाम उल हकले ७६ रन बनाए । बलिङतर्फ अष्ट्रेलियाका पिटर सिडलले ३ विकेट लिए । त्यस्तै, नाथन लियोनले २ विकेट लिए ।

फोटो : आईसीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?