+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

कृष्णनगरमा लगाइएको कर्फ्यू ५ बजेसम्म हटाइयो

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक ५ गते १२:५०

५ कात्तिक, कपिलवस्तु । कृष्णनगरमा लगाइएको कर्फ्यू सोमबार साँझ ५ बजेसम्मका लागि हटाइएको छ ।

मूर्ति विसिर्जनको विषयलाई लिएर दुई समूहबीच भएको विवादपछि उत्पन्न झडप नियन्त्रणका लागि जिल्लाको कृष्णनगरमा आइतबार साँझ ५ बजेदेखि कर्फ्यू लगाइएको थियो ।

स्थिति सामान्य बन्दै गएपछि सोमबार साँझ ५ बजेसम्मका लागि कर्फ्यू हटाइएको प्रमुख जिल्ला अधिकारी अर्जुन पोखरेलले जानकारी दिए ।
कर्फ्यू हटेपछि भारतीय सीमावर्ती कृष्णनगरको जनजीवन सामान्य बन्दै गएको छ ।

कृष्णनगर बजार क्षेत्रमा शनिबार दुर्गा पूजाको मूर्ति विसर्जन गर्ने क्रममा स्थानीय दुई पक्षबीच विवाद भएको थियो । आइतबार कडा सुरक्षाका बीच दुर्गा पूजाको मूर्ति विसर्जन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?