+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

स्मार्टफोन स्लो बनाएको आरोपमा एप्पल र सामसुङमाथि कारवाही

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक ८ गते ७:४९

सफ्टवेयर अपडेटबाट आफ्ना मोबाइल डिभाइसलाई स्लो बनाएको आरोपमा अमेरिकी कम्पनी एप्पल र दक्षिण कोरियाली कम्पनी सामसुङ कारवाहीमा परेका छन् ।

इटालीको एन्टी ट्रस्ट सम्बन्धी नियामक निकायले एप्पल र सामसुङमाथि जनही ५० लाख युरो जरिवानाको फैसला गरेको हो ।

त्यस्तै एप्पलमाथि थप ५० लाख युरो जरिवाना गरिएको छ । मोबाइलमा ब्याट्रीलाई कसरी जोगाउने तथा फेर्ने भन्ने विषयमा प्रयोगकर्तालाई प्रष्ट जानकारी नगराएको आरोपमा एप्पलमाथि थप जरिवाना गरिएको हो ।

एप्पल तथा सामसुङले आफ्ना पूराना मोडेलका ह्याण्डसेटमा उपलब्ध गराएको सफ्टवेयरका कारण मोबाइल सेटहरु निकै स्लो भएको र यसबाट कम्पनीहरुले प्रयोगकर्तालाई नयाँ मोबाइल किन्न बाध्य पारेको गुनासो इटालियन मोबाइल फोन प्रयोगकर्ताहरुले गर्दै आएका थिए ।

उपभोक्ताको यस्तो गुनासोमाथि सुनुवाइ गर्दै इटालीको उपभोक्ता हीत सम्बन्धी नियमाक निकायले एप्पल र सामसुङमाथि कारवाही गरेको हो । एक विज्ञप्ति जारी गर्दै उक्त निकायले एप्पल र सामसुङले उपलब्ध गराउने सफ्टवेयर अपडेटका कारण स्मार्टफोनमा गम्भीर समस्या उत्पन्न हुने गरेको तथा स्मार्टफोनको क्षमता पनि उल्लेख्य रुपमा ह्रास आउँदा उपभोक्ताहरु नयाँ स्मार्टफोन किन्न बाध्य हुने गरेको बताएको छ ।

ती कम्पनीहरुले सफ्टवेयर अपडेटबारे प्रयोगकर्तालाई पर्याप्त जानकारी नगराएको पनि उसको ठहर छ ।

ब्याट्रीको समस्या रहेका पूराना मोडेलका आइफोनहरुमा सफ्टवेयर अपडेटले आइफोनलाई स्लो गराएको कुरा एप्पलले गत वर्ष स्वीकार गरे पनि उपभोक्तालाई नयाँ सेट किन्न बाध्य गराउने आफ्नो नियत नरहेको एप्पलले दाबी गरेको थियो । तीव्र आलोचनापछि एप्पलले खराब भएका ब्याट्री सित्तैमा फेरिदिने योजना ल्याएको थियो ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?