+
+

धनगढी बसपार्कमा सहचालक मृत फेला

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक २३ गते १४:३१

२३ कात्तिक, धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ४ बसपार्कमा एकजना पुरुष मृत अवस्थामा फेला परेका छन् । ना ४ ख ४२६४ नम्बरको बसका सहचालक बझाङका मोहन बोहरा मृत अवस्थामा फेला परेका हुन् ।

उनको बायाँ कोखामा धारिलो हतियारको चोट देखिएको छ । बोहरा विगत २५–२६ वर्षदेखि बसपार्क क्षेत्रमा रहँदै आएको स्थानीयबासी बताउँछन् ।

बिहिबार साँझ बसपार्क क्षेत्रमा देखिएका बोहरा ना ५ ख ३५७ नम्बरको बस नजिकै शुक्रबार विहान मृत अवस्थामा देखेपछि स्थानीयबासीले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले ना ५ ख ३५७ का सहचालकसहित अन्य एकजनाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक आभुषण तिम्सिनाले जानकारी दिए । उनले नियन्त्रणमा लिएकाहरुलाई सोधपुछ भैरहेको बताए ।

प्रहरी उपरिक्षक तिम्सिनाले शवलाई पोष्टमार्टका लागि अञ्चल अस्पताल लगिएको बताउँदै पोस्टमार्टमको रिपोर्टपछि अन्य कुराहरु थाहा हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?