Comments Add Comment

अष्ट्रेलियामा ‘फायर वोर्क्स’ हेर्न हजारौं नेपाली सहभागी

सिड्नी / नयाँ वर्षको पूर्व सन्ध्यामा सिड्नीमा आयोजना हुने फायर वोर्क्स हेर्न हजारौ नेपालीहरु विभिन्न ठाउँमा जम्मा भएका छन् ।

मुख्य फायर वोर्क्स हुने हार्बर ब्रिज वरपरका ओपेरा हाउस , सर्कुलर कि , पिरमेंट बे, मिल्सन पोइन्ट , नर्थ सिड्नीका बिभिन्न लुक आउटहरुमा नेपालीहरुको बाक्लो जमघट छ ।

सपरिवार मिल्सन पोइन्टमा दिउसो देखि फायर वोर्क्सको प्रतिक्षा गरिरहेका हेटौंडाका कृष्णप्रसाद लम्साल अपरान्ह परेको बर्षाले चिन्तित थिए । उनले भने – तर साझ पर्दै गएपछि वर्षा हरायो  । हामी अब फायर वोर्क्सको प्रतिक्षामा छाैं ।

उनले आफू विभिन्न मध्ये तथा पश्चिम एसियाली देश घुमे पनि यस्तो फार्यर वोर्क्स हेर्न नपाएको बताए । दिउँसो देखि फायर वोर्क्स देखिने सिड्नीका मुख्य स्थानहरुमा सपरिवार पुगेका नेपालीहरु समय व्यतित गर्न समूह समूहमा रमाइलोको लागि तास खेलिरहेका थिए ।

राजधानी क्यानबेराबाट सिड्नी आएका पत्रकार प्रदीप तिमिल्सिना सपरिवार फार वोर्क्स हेर्न प्रतिक्षामा थिए । पहिलो आतिस बाजी रातको ९ बजे हुने गर्छ र दोश्रो मध्यरात ठीक १२ बजे । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment