३० पुस, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्राङगारिक कृषि उत्पादनका बारेमा अध्ययन गर्न १५ सदस्सीय उच्च स्तरीय कार्यदल गठन गरेको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालको अध्यक्षतामा रहेको कार्यदललाई अध्ययनका लागि ४ महिनाको समय निर्धारण गरिएको छ ।
प्राङगारिक कृषि उत्पादन प्रणाालीलाई व्यवस्थित रुपमा प्रवर्द्धन गर्ने तथा प्राङगारिक उपजहरुको प्रमाणिकरण गरी स्वदेशी तथा विदेशी बजारमा विश्वश्नीयता बढाउने र बजार प्रवर्द्धन समेत गर्ने उद्देश्यले कार्यदल गठन गरिएको कार्यदलका सदस्य सचिव एवं मन्त्रालयका वरिष्ठ माटो विज्ञ डा. गंगादत्त आचार्यले जानकारी दिए ।
संघीय मन्त्रालय अन्तर्गत संस्थागत, नीतिगत र कानुनी ढाँचा निर्माण गर्ने र सोही ढाँचाका आधारमा प्रादेशिक तथा स्थानीय सरकारलाई समेत आवश्यकतानुरुप मार्गनिर्देश गरी अभियानमा एकरुपता कायम गर्ने अपेक्षा मन्त्रालयले गरेको छ ।
कार्यदलमा कृषि राज्यमन्त्री रामकुमारी चौधरी, कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसी, राष्ट्रिय सभा सदस्य डा. विमला राई मन्त्रालयका सचिव युवकध्यव जिसी, राष्ट्रिय किसान आयोगका सदस्य रविन्द्र केसी र खैरहनी नगरपालिका चितवनका प्रमुख लालमणी चौधरी सदस्य छन् ।
त्यस्तै आलु, तरकारी तथा मसलावादी विकास केन्द्रका प्रमखु डा. हरीबहादुर केसी, नेपाल कृषि अनुसन्धान केन्द्र नार्कबाट डा. टिकाबहादुर कार्की, कृषि विज्ञ डा. कृष्णप्रसाद पौडेल, प्राङगारिक अभियान्ताहरु डा. प्रेम थापा र उद्धव अधिकारी, कृषि व्यवशायी राजेन्द्र देवकोटा छन् । कार्यदलको सदस्य सचिवमा मन्त्रालयका वरिण्ठ माटो विज्ञ गंगादत्त आचार्य रहेका छन् ।
कार्यदलले संघीय मन्त्रालय अन्तर्गत तत्कालै प्राङगारिक कृषि प्रवर्द्धनका लागि कस्तो संस्थागत व्यवस्था र कानुनी ढाँचा निर्माण गर्नु पर्ने हो त्यसको सिफारिस सहितको प्रतिवेदन पेश गर्ने कार्यादेश पनि पाएको छ ।
प्रतिक्रिया 4