Comments Add Comment

डा. केसीको उपचारार्थ चिकित्सकको टोली इलाम प्रस्थान

३ माघ, काठमाडाैं । डा. गोविन्द केसीको उपचारार्थ बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानबाट छ जना चिकित्सकको टोलीलाई इलाम पठाइएको छ । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवको निर्देशनमा इलाममा अनशनरत डा. गोविन्द केसीको उपचारका लागि इलाम पठाइएको हो ।

प्रतिष्ठानका अस्पताल सहायक निर्देशक डा. विकास शाहको नेतृत्वमा डा. आशिस सुबेदी, एनेथेस्थेसिया र आइसियु, डा. अदिती महासेठ, कार्डियोलोजिष्ट, डा.राजकमार गजमेर, इमर्जेन्सी फिजिसियन, केशव नेपाल, ल्याव टेक्निसियन, देवकान्त चौधरी, नर्सलगायतको टोली  बिहीबार इलामतर्फ प्रस्थान गरेको हो ।

उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवकै निर्देशनमा हिजो पनि एउटा चिकित्सक टोली इलाम पुगेको थियो । पहिलो चरणको उपचार गरी उक्त टोली फर्किएपछि दोश्रो टोली बिहीबार नै इलाम प्रस्थान गरेको स्वास्थय तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

टोली केही दिन इलाम नै रहने डा. बिकास शाहले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment