+
+

रविलाई पूर्वपत्नीको बधाई

अनलाइनखबर अनलाइनखबर
२०७५ माघ ८ गते १:३०

सञ्चारकर्मी रवि लामिछानेले निकिता पौडेलसँग ‘कोर्ट म्यारिज’ गरेपछि उनकी पूर्वपत्नी ईशा लामिछानेले बधाई दिएकी छन् । पूर्वपतिले नयाँ घर बसाउँदा आफूलाई खुशी लागेको उनले बताइन् ।

‘उहाँले अर्को बिहेका लागि नै मलाई डिभोर्स दिनुभएको थियो, त्यसैले म आश्चर्यमा परेकी छैन,’ अमेरिकाबाट अनलाइनखबरसँग कुरा गर्दै ईशाले भनिन्, ‘मेरो र दुई छोरीहरुको तर्फबाट शुभकामना लेखिदिनुहोला ।’

विगतका तीन सम्बन्धहरु जस्तो यो चौथो सम्बन्ध असफल नहोस भन्ने कामना पनि ईशाले गरेकी छन् ।

‘म कानूनीरुपमा रवीजीसँग अलग भए पनि सँधै उहाँको खुशी र प्रगति हेर्न चाहन्छु । मेरा छोरीहरुका बुवाको रुपमा उहाँसँग मेरो साइनो सदा जिवित रहनेछ । खाली यति भन्न चाहन्छु कि भविष्यमा नयाँ पत्नीलाई मलाई जस्तो तिरस्कार नगर्नुहोला,’ ईशाले थपिन् ।

ईशा अहिले दुई छोरीहरुसहित अमेरिकामा छिन् । गत महिना ईशा र रविको सम्बन्धविच्छेद भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?