+
+

६३ जिल्ला खुला दिसामुक्त क्षेत्र घोषणा

रासस रासस
२०७५ माघ ११ गते १३:००

११ माघ, काठमाडौँ । सरकारले शुरु गरेको अभियानअन्तर्गत हालसम्म ६३ जिल्लालाई खुला दिसामुक्त जिल्ला घोषणा गरिएको छ ।

खानेपानी तथा ढल व्यवस्थापन विभागका अनुसार हिमाली तथा पहाडी क्षेत्रका अधिकाशं जिल्लालाई खुला दिसामुक्त जिल्ला घोषणा गरिएको हो ।

कपिलवस्तु, पर्सा, बारा, सर्लाही, महोत्तरी, धनुषा, मोरङ, काठमाडौँ, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, धादिङ, भोजपुर सोलुखुम्बु र दोलखालाई खुला दिसामुक्त जिल्ला घोषणा गर्न बाँकी रहेको विभागले जनाएको छ ।

विभागका सूचना अधिकारी रत्नप्रसाद लामिछाने तराईको तुलनामा पहाडी तथा हिमाली जिल्लालाई चाँडो खुला दिसामुक्त क्षेत्र घोषणा भएकोे बताए । ‘तराईका जिल्लामा बढी डुवान हुने, जग्गा कम हुने, गरीबी बढी भएकाले खुला दिसामुक्त घोषणा गर्न ढिलाइ भएको हो,’ उनले भने ।

अरु क्षेत्रको तुलनामा तराईका क्षेत्रमा खुला दिसामुक्त घोषणाको अभियान ढिला सञ्चालन भएको र काभ्रेपलाञ्चोक, धादिङ, भोजपुर, सोलुखुम्बु र दोलखाका सबै क्षेत्रमा शौचालय निर्माण भए पनि घोषणा हुन बाँकी रहेको सूचना अधिकारी लामिछानको भनाइ छ ।

यस्तै बाँकी जिल्ला ८० प्रतिशत काम सम्पन्न भइसकेको विभागले जनाएको छ । पछिल्लो समय वातावरणीय सरसफाइ र शौचालय निर्माणको जिम्मेवारी स्थानीय तहलाई दिइएको छ ।

सरकारले विसं २०६० को दशकदेखि सुरु गरेकोे उक्त कार्यक्रम अन्तर्गत विसं २०६८ मा चितवनलाई पहिलो खुला दिसामुक्त जिल्ला घोषणा गरिएको थियो ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?