२९ माघ, काठमाडौं । आईएमई रेमिट्यान्सका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले म्यानेजर अफ दी इयरको अवार्ड पाएका छन् ।
म्यानेजमेन्ट एसोसिएसन अफ नेपालको १८औं वाषिर्कोत्सवको अवसरमा पोखरेललाई उक्त अवार्ड दिइएको हो ।
हरेक वर्ष यस्तो अवार्ड वितरण गर्दै आएको म्यानेजमेन्ट एशोसिएसनले २०१८ को यो अवार्डबाट नेपाल रेमिटर्स एशोसिएशनका अध्यक्षसमेत रहेका सीईओ पोखरेललाई सम्मानित गरेको हो ।
मंगलबार काठमाडौंमा आयोजित वाषिर्कोत्सव समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त अवार्ड पोखरेललाई हस्तान्तरण गरे ।
यसैगरी आउटस्ट्याण्डिङ म्यानेजर अवार्ड द्वारिकाज होटलकी अध्यक्ष अम्बिका श्रेष्ठलाई र उत्कृष्ट निजामती अवार्ड अर्थसचिव डा. राजन खनाललाई दिइएको छ ।